अस्पतालमाथि लगाइएका आरोप असत्य र भ्रामक: डा. सुशीला सिंह

तराई फिलिक्स सम्बादाता २०८१ कार्तिक ३ शनिबार
लहान ।सिरहाको गोलबजारस्थित उत्तिमलाल मेमोरियल अस्पतालका सञ्चालक डा. सुशीला सिंहले हालै अस्पतालमाथि लागेका आरोपहरूलाई अस्वीकार गर्दै पत्रकार सम्मेलनमार्फत आफ्नो स्पष्टीकरण सार्वजनिक गरेकी छिन्।
अस्पतालले अत्यधिक शुल्क असुलेको भन्ने आरोपलाई झुठा र भ्रामक रहेको बताएकी छिन्। डा. सिंहका अनुसार, अस्पतालमाथि लगाइएका यस्ता आरोपहरू अस्पतालको छवि बिगार्ने उद्देश्यले गरिएको षड्यन्त्र हुन्।

सुत्केरी महिला सीता कुमारी महतो लहान प्रादेशिक अस्पतालबाट अत्यन्तै गम्भीर अवस्थामा रीफर भएर आएको र अस्पतालको चिकित्सक टोलीले कठिन परिस्थितिमा सफलतापूर्वक उनको सामान्य प्रसव गराएको जानकारी दिइन्।
नवजात शिशुको श्वासप्रश्वासमा समस्या देखिएपछि तुरुन्तै भेन्टिलेसनको सहायताले उपचार गरिएको थियो।

डा. सिंहका अनुसार, शिशुको स्वास्थ्यमा सुधार आएपछि पाँच दिनसम्म एनआईसीयूमा राखी उपचार गरिएको थियो भने चौथो दिनमा जण्डिस देखिएपछि फोटोथेरापी गराइएको थियो। सुत्केरी र शिशुको उपचारको लागि ७४,००० रुपैयाँको बिल पेश गरिएकोमा, बिरामीको आर्थिक अवस्थालाई मध्यनजर गर्दै १०,००० रुपैयाँ छुट गरी ६०,००० रुपैयाँमा सहमति भएको र बिरामी परिवारले ५०,००० रुपैयाँ भुक्तानी गरेको बताइएको छ।

बाँकी १०,००० रुपैयाँ नतिरेको आरोप लगाउँदै डा. सिंहले यसबारे बिरामी परिवारलाई शीघ्र रकम बुझाउन आग्रह गरेकी छिन्। साथै, उनले अस्पतालविरुद्ध फैलाइएको गलत सूचनाबाट प्रभावित नभइ सत्य बुझ्न आग्रह गरेकी छन्। अस्पतालले राज्यद्वारा निर्देशित सेवा–सुविधाको पूर्ण पालना गर्दै आएको र जनताको स्वास्थ्य सेवा प्रदान गर्न निरन्तर क्रियाशील रहेको डा. सिंहले उल्लेख गरिन्।

लहान-०४ नम्बर वडामा बस्दै आउनु भएका रबिन्द्र पण्डित जीले हाल बिराटनगर-०४, नोबेल अस्पताल अगाडि रोनी मेडिको (फार्मेसी) सञ्चालन गरिरहनु भएको छ। यदि कसैलाई स्वास्थ्यसम्बन्धी कुनै समस्या भएमा बिराटनगर नोबेल अस्पताल जानु परेमा र त्यहाँ अस्पताल भित्र उपचार गराइरहेको अवस्थामा कुनै औषधि वा सर्जिकल सामग्री आवश्यक परेमा रोनी मेडिको (रबिन्द्र पण्डित) जीलाई अवश्य सम्झनु होला। उहाँले सकेसम्म विशेष छुटमा सेवा दिनेछन् र समयमै सबै सामग्री उपलब्ध गराउने प्रयास गर्नेछन्।
                                                 तपाईं मधेश प्रदेशका विभिन्न जिल्ला, कोशी प्रदेश र देशका विभिन्न जिल्ला बाट नोबेल मेडिकल कलेज बिरामी भएर आउनु भएको छ वा आफन्त छरछिमेकी कोहि बिरामी भएर आएका छन र औषधी चाहियो भने हामीलाई सम्झिनुहोला, नोबेल हस्पिटल गेट बाहिर हाम्रो रोनी मेडिको तपाईंहरूको लागि २४ सै घण्टा सेवा उपलब्ध हुने छन्।
नोट:- औषधी तथा सर्जिकलको सम्पूर्ण सामानहरू सुपथ मुल्यमा पाइन्छ ।
ROONI MEDICO
विराटनगर-४, नोबेल हस्पिटल गेट
सम्पर्क:- 980433991, 9842956970
G-mail:- roonimedico@gmail.com

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *