कोरोनाबाट रुपन्देहीमा थप एक जनाको मृत्यु
६ कात्तिक, बुटवल । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट रुपन्देहीका थप एक जनाको मृत्यु भएको छ ।
कञ्चन गाउँपालिका–३ कि ४८ वर्षीया महिलाको लुम्बिनी प्रादेशिक अस्पतालमा बिहीबार विहान मृत्यु भएको छ । ४ कात्तिकमा अस्पताल भर्ना भएकी उनलाई कोरोना संक्रमण भएको बिहीबार मात्र पुष्टि भएको थियो ।