चोरी, डाँका, शरीर बन्धक तथा संगठित अपराध मुद्दाका फरार व्यक्ति पक्राउ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

१ असार लहान। जिल्ला सिरहा, लहान नगरपालिका वडा नं. २० बस्ने बिटोरी महतोको छोरा अं. वर्ष ४५ को श्रीदेव महतो समेत भएको चोरी, डाँका, शरीर बन्धक तथा संगठित अपराधमा इलाका प्रहरी कार्यालय लहान सिरहाबाट चालु  मुद्दामा वारदात मिति २०७९ चैत्र १४ गते पश्‍चात फरार रहेको प्रतीवादीलाई अनुसन्धानको शिलशिलामा खोजतलास गर्ने क्रममा गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटीएको विशेष प्रहरी टोलिले निज श्रीदेव महतोलाई मिति २०८२ जेठ ३१ गते अं.१९;३० बजेको समयमा जिल्ला सिरहा बरियारपट्टी गाउँपालिका वडा नं. ३ चमार टोल स्थितबाट लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिरहा मार्फत सम्मानित सिरहा जिल्ला अदालतमा पेश गरिएको छ।

घटना सम्बन्धी छोटकरी विवरणः-
मिति २०७९ चैत्र १४ गते राती ०७ :१५ बजेको समयमा जिल्ला सिरहा धनगढीमाई नगरपालिका वडा नं. ११ स्थितमा रहेको गोर्खाज फाईनान्स लिमिटेडमा नाकाबधारी पेस्तोल तथा धारिलो हातहातियार बोकेका अपरिचित व्यक्तीको समुहले सोही फाईनान्सको तल्लो तल्लामा बस्ने गरेको कर्मचारीहरुलाई पेस्तोल तथा धारिलो हतियार देखाई ताकी ज्यान मार्ने समेतको डर त्रास धाक धम्की देखाई कुटपिट गरी नशालु इन्जेक्सन समेत लगाई सबै जनालाई नियन्त्रणमा लिई बन्धक बनाई माथिलो तल्लामा गोर्खाज फाइनान्स संचालन रहेको कार्यालयको झ्याल तथा ग्रिल फुटाई नगद रु.२,५७,२७९।– ( दुई लाख सन्ताउन हजार दुई सय उन्नानसी) डाँका गरेको र सोही बैंकमा कार्यरत कर्मचारीहरुको POCO X 3 Pro कम्पनीको मोबाईल थान १, Realme कम्पनीको मोबाईल थान १ र Samsung Galaxy J2 कम्पनीको मोबाईल थान १ समेत खोसी लिई गई उक्त फाईनेन्सको जिन्सी सामानहरु तोडफोड समेत गरी जम्मा रु.१०,२८,७१४।–(दश लाख अठ्ठाईस हजार सात सय चौध) बराबरको सम्पती डाँका तथा तोडफोड गरेको जिप्रका सिरहाले जनाएको छ।


Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनु भएको हुन सक्छ