धनगढीमाई–३ रुपनगर (अल्हुवाबाध)मा तेस्रो जिल्ला तिल्ला सङ्क्राइत उत्सवको तयारी सम्पन्न

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

३० पुस लहान । सिरहा जिल्लाको धनगढीमाई नगरपालिका–३ स्थित रुपनगर (अल्हुवाबाध) थारू सम्वत् २६४९ को अवसरमा तेस्रो जिल्ला तिल्ला सङ्क्राइत उत्सव आयोजना हुने भएको छ। माघी पर्वलाई भव्य र सभ्य रूपमा मनाउने उद्देश्यसहित उत्सवको सम्पूर्ण तयारी पूरा गरिएको आयोजक समितिले जनाएको छ।

उक्त उत्सव माघ १ गते बिहान १०ः३० बजेदेखि धनगढीमाई नगरपालिका–३ स्थित राजदेवी मन्दिर प्राङ्गनमा आयोजना गरिनेछ। कार्यक्रमको आयोजना थारू कल्याणकारिणी सभा धनगढीमाई नगर समिति, सिरहाले गरेको हो।


उत्सव सफल बनाउन थारू कल्याणकारिणी सभा सिरहाको सहयोग तथा थारू सामुदायिक सेवा केन्द्र, सिरहा, थारू महिला सभा, सिरहा, थारू विद्यार्थी सभा, सिरहा र थारू कलाकार मञ्च, सिरहाको समन्वय रहेको छ।
माघी उत्सवको अवसरमा थारू समुदायको ऐतिहासिक परम्परा, मौलिक नृत्य, गीत, भेषभूषा, खानपान तथा सांस्कृतिक पहिचान झल्किने विविध कार्यक्रमहरू प्रस्तुत गरिने आयोजक समितिका संयोजक शम्भु प्रसाद चौधरीले जानकारी दिए। उनका अनुसार थारू समुदायले नयाँ वर्षका रूपमा मनाउँदै आएको थारू सम्वत्को स्वागत गर्दै समुदायभित्र आपसी एकता, सद्भाव र सांस्कृतिक चेतना अभिवृद्धि गर्ने लक्ष्य कार्यक्रमले बोकेको छ।

कार्यक्रमको विशेष आकर्षणका रूपमा ५१ किलोको लडू, ५ किलोको बगिया, हलो, ढेकी, माछा मार्ने जाल, कोदालो, धिमैर लगायत थारू समुदायको जीवनशैली र परम्परा झल्काउने सामग्रीहरूको प्रदर्शन गरिने संयोजक शम्भु प्रसाद चौधरीले बताए।

उत्सवका मिडिया पार्टनरका रूपमा नेपाल पोष्ट दैनिक, सिरहा दर्पण, सिरहा टाइम्स, सखुवा खबर र तराई फिलिक्स र समाद एफ.एम. रहेका छन्। आयोजकका अनुसार माघी पर्व थारु समुदायसहित सम्पूर्ण आदिवासीहरूको प्रमुख सांस्कृतिक पर्व भएकाले यसलाई जिल्लास्तरमै विशेष उत्सवका रूपमा मनाउन लागिएको हो।

आयोजकले माघी उत्सवले आपसी सद्भाव, सामाजिक एकता र थारुसांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै सबैलाई कार्यक्रममा सहभागी भई उत्सवलाई सफल बनाउन आग्रह गरेको छ।


Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनु भएको हुन सक्छ