नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले जित्यो।

तराई फिलिक्स मन्सिर ६ गते


नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै जनकपुरले उपाधि जितेको हो।
योसँगै समूह चरण र पहिलो क्वालिफायरमा व्यहोरेको हारको पनि जनकपुरले बदला लिएको छ। ५ विकेट बाँकी छंदै १९.२ ओभरमा जनकपुरले चेस गर्न सफल भएको हो ।
यसअघि दुई चोटी जनकपुरलाई हराएको सुदूरपश्चिम फाइनलमा भने ५ विकेटले पराजित हुनपुग्यो ।
१ सय ८५ रनको लक्ष्य जनकपुरले १९.२ ओभरमा ५ विकेटको क्षतिमा पछ्यायो । टोलीका लागि लाहिरु मिलन्था नायक बने । उनले मात्र ४९ बलमा सर्वाधिक ८७ रन बनाए । उनले यस क्रममा ९ चौका र ४ छक्का हिर्काए । प्रतियोगितामा उनको यो दोस्रो अर्धशतक थियो ।
जितसँगै जनकपुरले १ करोड १० लाख नगद पुरस्कारसँगै ट्रफी हात पारेको छ ।
फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १ सय ८५ रनको लक्ष्य दिएको थियो ।
सैफ अली जैबले ६९ रन बनाएपछि सुदूरपश्चिमले जनकपुर बोल्ट्सलाई १८५ रनको लक्ष्य दिएको हो ।
ओपनर जैबले ४३ बल खेल्दै ८ चौका र २ छक्का मदतमा सर्वाधिक ६९ रन बनाएका थिए । अर्का ओपनर विनोद भण्डारीले ३१ बल खेल्दै १ चौका र ३ छक्का मदतमा ४१ रन जोडे ।

जैब र विनोदले पहिदलो विकेटका लागि १२ ओभरमा ११७ रनको साझेदारी गरेका थिए ।
ओपनरले राम्रो सुरुवात दिलाएपनि मिडल अर्डर र लोअर अर्डरले राम्रो कन्ट्रिब्युट गर्न सकेनन् । बलिङमा जनकपुरका किशोर महतो र मोहम्मद मोहसिनले ३–३ विकेट लिए ।
सुदूरपश्चिमले अन्तिम दुई ओभरमा ५ विकेट गुमाएको थियो ।
जनकपुरका ललित राजवंशीले ४ ओभरमा १ मेडन राख्दै १५ रन मात्र खर्चेर १ विकेट लिए । उनले किफायती बलिङ गरेका हुन् ।

जारी एनपीएलमा ललितले सर्वाधिक ५ मेडन फालेका छन् ।
टस जितेर कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८४ रन बनाएको हो ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *