नेशनल लघुवित्त वित्तीय संस्थाद्वारा झाझपट्टि ट्राफिक चेक पोष्टलाई होडिङ्ग बोर्ड र स्टेन पंखा हस्तान्तरण


लहान अषाढ़ २१ । सामाजिक उत्तरदायित्व अन्तर्गत नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले सिरहा जिल्लाको नवराजपुर गाउँपालिका अन्तर्गत पर्ने झाझपट्टि ट्राफिक चेक पोष्टलाई होडिङ्ग बोर्ड र स्टेन पंखा हस्तान्तरण गरेको छ।

सामाजिक सेवामा संस्थाको सक्रियता र सहयोगको प्रतिबिम्ब स्वरूप उक्त सामग्रीहरू हस्तान्तरण गरिएको हो। कार्यक्रमको संयोजन झाझपट्टि ट्राफिक चेक पोष्टमा गरिएको थियो, जहाँ ट्राफिक प्रहरीलाई कार्य सम्पादनमा सहज वातावरण बनाउन स्टेन पंखा र होडिङ्ग बोर्ड हस्तान्तरण गरिएको हो। हस्तान्तरण कार्यक्रममा अनुगमन अधिकृत आशाराम यादव, भगवानपुर शाखा अधिकृत सन्तोष कुमार यादव, पातो शाखा अधिकृत दिपेश कुमार गोइत लगायतका अधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

भगवानपुर शाखाबाट सहभागी कर्मचारीहरूमा देविन कुमार यादव,धिरज कुमार यादव,देवराम यादव,आशा कुमारी यादव,लिला कुमारी यादव,काजल कुमारी यादव,कोपिला कुमारी चौधरी रहेका थिए। बरियारपट्टी शाखाबाट सहभागी प्रतिनिधि ज्योति कुमारी यादव थिइन्। कार्यक्रममा झाझपट्टि ट्राफिक चेकपोष्टका असई (सहायक निरीक्षक) श्याम कुमार यादव तथा ट्राफिक प्रहरी जवान ओमप्रकाश साह र राहुल यादव पनि उपस्थित थिए।

कार्यक्रमका सहभागीहरूको अनुसार यस प्रकारको सहयोगले ट्राफिक चेकपोष्टमा कार्यरत प्रहरीहरूको कार्यदक्षता बढ्नेछ र यात्रुहरूको सेवा प्रवाहमा सुधार आउनेछ। नेशनल लघुवित्तले आगामी दिनमा पनि सामाजिक क्षेत्रमा यस्तै प्रकारका सहयोग र कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ। कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको र स्थानीय ट्राफिक प्रहरीद्वारा संस्थालाई धन्यवाद ज्ञापन गरिएको छ।
