पाँच दिने नेतृत्व विकास तालिम औरहिमा सम्पन्न, ५० भन्दा बढी युवायुवती सहभागी।


लहान २० असार । औरही गाउँपालिकामा आयोजित पाँच दिने नेतृत्व विकास तालिम बिहिवार असार १५ गतेदेखि १९ गते सम्म भएको र उक्त तालिम सिरहा टाइम्स मिडिया हाउस प्रा.लि. लहान-३ सिरहाको आयोजनामा र औरही गाउँपालिकाको सहयोगमा सम्पन्न भएको हो।
युवा सशक्तिकरणका लागि नेतृत्व विकास तालिम भन्ने मूल नारासहित सम्पन्न तालिममा औरही गाउँपालिकाका पाँच वडाबाट करिब ५० जना भन्दा युवायुवतीहरुको सहभागिता रहेको थियो।

तालिमको उद्देश्य गाउँमा रहेका युवा शक्तिलाई नेतृत्व क्षमता सम्पन्न बनाउनु, सामाजिक गतिविधिमा सक्रियता बढाउनु र जिम्मेवार नागरिकको भूमिकामा तयार गर्नु
उद्देश्यले यस्ता कार्यक्रमहरू अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएका छन्।
उक्त तालिमले युवायुवती हरूलाई भविष्यमा नेतृत्वदायी भूमिकाका लागि प्रेरणा र मार्गदर्शन प्रदान गरेको सहभागीहरूको धारणा थियो।

तालिमको उद्घाटनदेखि समापनसम्म विभिन्न सत्रहरुमा प्रशिक्षकहरू शम्भु प्रसाद चौधरी, लाल बिहारी (एलबी) यादव, महेश सिंह महतो, चन्द्रकान्त चौधरी,प्रज्वल चौधरी र मो. रहमुल राइनले सहभागिहरूलाई नेतृत्व विकास, सार्वजनिक बोलचाल, सामाजिक संजालको सदुपयोग, समूह निर्माण, निर्णय क्षमताको विकास लगायत विषयमा अभ्यास सहित प्रशिक्षण दिएका थिए।

तालिम समापन समारोहको प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष रेनु कुमारी यादव रहनुभयो भने कार्यक्रमको अध्यक्षता सिरहा टाइम्स मिडिया हाउस प्रा.लि. सिरहाका अध्यक्ष ओम प्रकाश यादव ले गर्नुभएको थियो। तालिमको अन्तिम दिन प्रशिक्षक शम्भु चौधरीले समापन सत्र सञ्चालन गर्नुका साथै सहभागीहरूसँग तालिमका अनुभव आदानप्रदान गर्नुभएको थियो।

समारोहमा विशेष अतिथिका रुपमा सहभागी हुनुभएका राष्ट्रिय समाचार समिति सिरहाका प्रमुख सुदीप राउतले तालिमको स्तरीयता र प्रभावकारिताको प्रशंसा गर्नुभयो। उहाँले स्थानीय तहको सक्रिय सहभागिता र मिडिया संस्थाको पहलले गाउँस्तरमा ठूला परिवर्तन ल्याउन सक्ने बताउँदै सहभागी युवाहरूले तालिममा सिकेका सीप व्यवहारमा उतार्न आग्रह गर्नुभयो।

प्रेस मञ्च सिरहाका अध्यक्ष समेत रहेका प्रशिक्षक महेश सिंहले तालिमका क्रममा युवाहरूको सक्रिय सहभागिता, जिज्ञासा र आत्मविश्वासले आफूलाई हर्षित बनाएको बताउँदै यस्ता तालिमहरू निरन्तर आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।लहान २० असार । सिरहा जिल्लाको औरही गाउँपालिकामा आयोजित पाँच दिने नेतृत्व विकास तालिम बिहीबार सम्पन्न भएको छ। असार १५ गतेदेखि सुरु भएको उक्त तालिम सिरहा टाइम्स मिडिया हाउस प्रा.लि. सिरहाको आयोजनामा र औरही गाउँपालिकाको सहयोगमा सम्पन्न भएको हो। ूयुवा सशक्तिकरणका लागि नेतृत्व विकास तालिम भन्ने मूल नारासहित सम्पन्न तालिममा औरही गाउँपालिकाका पाँच वडाबाट करिब ५० जना भन्दा युवायुवतीहरुको सहभागिता रहेको थियो।

तालिमको उद्देश्य गाउँमा रहेका युवा शक्तिलाई नेतृत्व क्षमता सम्पन्न बनाउनु, सामाजिक गतिविधिमा सक्रियता बढाउनु र जिम्मेवार नागरिकको भूमिकामा तयार गर्नु रहेको आयोजकले जनाएको छ। तालिमको उद्घाटनदेखि समापनसम्म विभिन्न सत्रहरुमा प्रशिक्षकहरू शम्भु प्रसाद चौधरी, लाल बिहारी (एलबी) यादव, महेश सिंह महतो, चन्द्रकान्त चौधरी र मो. रहमुल राइनले सहभागिहरूलाई नेतृत्व विकास, सार्वजनिक बोलचाल, सामाजिक संजालको सदुपयोग, समूह निर्माण, निर्णय क्षमताको विकास लगायत विषयमा अभ्यास सहित प्रशिक्षण दिएका थिए।

कार्यक्रममा सहभागी सम्पूर्ण युवायुवतीहरुलाई आयोजक संस्था तथा गाउँपालिका कार्यालयको तर्फबाट प्रमाण पत्र वितरण गर्नुका साथै गम्छा र उत्कृष्ट कालो पिठ्यु ब्याग प्रदान गरिएको थियो। सहभागीहरु मध्येबाट सन्तोष कुमार यादव र काजल कुमारी ठाकुरले तालिमबाट आफूहरुले नेतृत्व क्षमताको विकास, टीमवर्क, आत्मविश्वास अभिवृद्धि, सहकार्य र सार्वजनिक सम्बोधन जस्ता धेरै कुरा सिकेको अनुभव सुनाए।

समापन समारोहमा बोल्दै प्रमुख अतिथि गा पा उपाध्यक्ष यादवले तालिमको सफलतामा प्रशिक्षकको भूमिका महत्वपूर्ण रहेको बताउँदै सम्पूर्ण प्रशिक्षक र आयोजक संस्थालाई धन्यवाद दिनुभयो। उहाँले यस्ता तालिमहरूले युवाहरूमा जिम्मेवारी बोध, आत्मबल र क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दै आगामी दिनमा समेत गाउँपालिकाबाट यस्ता कार्यक्रमलाई प्राथमिकता दिइने जानकारी दिनुभयो।
कार्यक्रममा अन्य वक्ताहरूले गाउँमा क्रियाशील युवा संगठनहरूलाई अझ सशक्त बनाउन, समावेशी र प्रभावकारी तालिममार्फत अवसर प्रदान गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।

तालिम समापनको अवसरमा सहभागि युवाहरुले “यो तालिम हाम्रो जीवनको एउटा महत्वपूर्ण मोड हो” भन्दै अनुभूति साझेदारी गरे। कार्यक्रमको अन्त्यमा आयोजक संस्था सिरहा टाइम्स मिडिया प्रा लि का अध्यक्ष यादवले सम्पूर्ण सहयोगदाताहरू, प्रशिक्षक, सहभागी र गाउँपालिकालाई धन्यवाद दिँदै भविष्यमा पनि सामाजिक परिवर्तनका अभियानमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
