प्रदीप सिंहको संघर्ष र समर्पणको प्रतीक

तराई फिलिक्स मिति २०८१ कार्तिक ३ शनिबार

 सिराहा जिल्लाको नवराजपुर गाउँपालिका वडा नं ३, मझौरा गाउँमा २०५६ सालको असार २१ गते जन्मिएका प्रदीप सिंह अहिले समाजसेवामा उल्लेखनीय योगदान दिइरहेका छन्। साधारण किसान परिवारमा जन्मिएका सिंह, बुवा घुरण महतो र आमा पवित्रीदेवी महतोका कान्छा सन्तान हुन्। चार सन्तानमध्ये कान्छो भए पनि उनले आफ्नो संघर्ष र मेहनतले समाजमा एउटा उदाहरणीय स्थान बनाएका छन्।

सानै उमेरदेखि घर छोडेर बाहिर बस्न थालेका सिंहले कठिन परिस्थितिलाई आफ्नो प्रेरणाको स्रोत बनाएर जीवनलाई अघि बढाइरहेका छन्। संघर्ष, मेहनत र इमानदारिताका साथ आफ्नो उद्देश्य प्राप्त गर्न उनले कहिल्यै कसैको लोभ लालचमा परेनन्। कठिनाइहरूको सामना गर्दै पनि उनी आफ्नो मार्गमा अडिग रहिरहे।

सिंह मात्र व्यक्ति नभएर उनी समाजसेवी पनि हुन्। पत्रकारिताको माध्यमबाट समाजको हक हितको लागि सधैं अग्रसर रहने सिंहको कामलाई समाजले उच्च सम्मानका साथ हेर्छ। उनी निष्पक्ष पत्रकारका रूपमा चिनिन्छन् जसले सत्य र न्यायको पक्षमा आफ्नो कलमलाई सधैं उठाइरहे।

प्रदीप सिंहले आफ्नो पत्रकारिता यात्रा दौरान धेरै चुनौतिहरूको सामना गरेका छन्। केही वर्षअघि एउटा समाचार लेखेकै कारण उनीमाथि आक्रमण भएको थियो। तर, यस्ता आक्रमणहरूले सिंहको आत्मबललाई कमजोर बनाउन सकेन। उनी अझ सशक्त भई समाजको आवाज उठाउँदै आफ्नो पेशामा निरन्तर सक्रिय छन्।

सिंहको स्वच्छ छवि, निष्पक्षता र समाजप्रतिको उत्तरदायित्वबोधले गर्दा उनले समाजमा विशेष स्थान बनाएका छन्। आफ्नो व्यक्तिगत स्वार्थभन्दा समाजको हितलाई प्राथमिकता दिने प्रदीप सिंहजस्ता इमानदार व्यक्तिहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउन सधैं प्रेरणा दिन्छन्।

समाजसेवी र पत्रकारितामा उनी निरन्तर अग्रसर रहँदै आएको यो यात्रा कठिन भए पनि सिंहको दृढ संकल्प र इमानदारीताले उनीलाई सफलताको शिखरमा पुर्‍याउनेछ।

लहान-०४ नम्बर वडामा बस्दै आउनु भएका रबिन्द्र पण्डित जीले हाल बिराटनगर-०४, नोबेल अस्पताल अगाडि रोनी मेडिको (फार्मेसी) सञ्चालन गरिरहनु भएको छ। यदि कसैलाई स्वास्थ्यसम्बन्धी कुनै समस्या भएमा बिराटनगर नोबेल अस्पताल जानु परेमा र त्यहाँ अस्पताल भित्र उपचार गराइरहेको अवस्थामा कुनै औषधि वा सर्जिकल सामग्री आवश्यक परेमा रोनी मेडिको (रबिन्द्र पण्डित) जीलाई अवश्य सम्झनु होला। उहाँले सकेसम्म विशेष छुटमा सेवा दिनेछन् र समयमै सबै सामग्री उपलब्ध गराउने प्रयास गर्नेछन्।
                                                 तपाईं मधेश प्रदेशका विभिन्न जिल्ला, कोशी प्रदेश र देशका विभिन्न जिल्ला बाट नोबेल मेडिकल कलेज बिरामी भएर आउनु भएको छ वा आफन्त छरछिमेकी कोहि बिरामी भएर आएका छन र औषधी चाहियो भने हामीलाई सम्झिनुहोला, नोबेल हस्पिटल गेट बाहिर हाम्रो रोनी मेडिको तपाईंहरूको लागि २४ सै घण्टा सेवा उपलब्ध हुने छन्।
नोट:- औषधी तथा सर्जिकलको सम्पूर्ण सामानहरू सुपथ मुल्यमा पाइन्छ ।
ROONI MEDICO
विराटनगर-४, नोबेल हस्पिटल गेट
सम्पर्क:- 980433991, 9842956970
G-mail:- roonimedico@gmail.com

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *