प्रहरी निरीक्षक सालिकराम तिमिल्सिना ‘BEST TRAFFIC POLICE OF THE MONTH’ बाट सम्मानित

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चन्द्रु चौधरी लहान, माघ ९ । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहामा दरबन्दी भई कार्यरत प्रहरी निरीक्षक सालिकराम तिमिल्सिना पुस महिनाको “BEST TRAFFIC POLICE OF THE MONTH” अवार्डबाट सम्मानित भएका छन्।


प्रहरी निरीक्षक तिमिल्सिनाले विभागीय मूल्य–मान्यता, आदेश तथा निर्देशनअनुसार कर्तव्यनिष्ठ, अनुशासित र लगनशील भई आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आएका छन्। कार्यालयको प्रशासनिक कार्यलाई प्रभावकारी बनाउन स्थानीय सरकारसँग समन्वय गरी थान–२ का लागि कम्प्युटर सेट उपलब्ध गराई प्रशासनिक कामकाजलाई थप सुदृढ बनाएको योगदान उल्लेखनीय रहेको छ।


तालुक मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, धनुषाबाट स्वीकृत सडक दुर्घटना विरुद्ध युवा २०८२ कार्ययोजना को प्रभावकारी कार्यान्वयन गर्दै उनले सवारी दुर्घटना न्यूनिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। यसका साथै, सडकका Black Spot हरुको पहिचान गरी आवश्यकता अनुसार रिफ्लेक्टिभ बोर्ड, टेप तथा स्टिकर टाँस्ने कार्य गरिएको छ।


जाडोयाममा बाक्लो हुस्सुका कारण Poor Visibility भई दुर्घटनाको उच्च जोखिम हुने अवस्थालाई मध्यनजर गर्दै सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय गरी Slow Moving Vehicle हरुमा Backlight तथा Reflector राख्न लगाई दुर्घटना न्यूनीकरणमा थप योगदान पुर्या इएको छ।
विभिन्न VVIP/VIP सवारी आवागमनका क्रममा प्रभावकारी ट्राफिक व्यवस्थापन मिलाउन सक्रिय भूमिका निर्वाह गर्नुका साथै कार्यकुशलता, उच्च स्तरको इमान्दारिता र अटल कर्तव्यनिष्ठाका कारण उनको कार्यसम्पादन प्रशंसनीय ठहरिएको छ।


उक्त उत्कृष्ट कार्यको उच्च मूल्याङ्कन गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले प्रहरी नियमावली २०७१ (संशोधन सहित) को परिच्छेद १५, नियम १९७ को उपनियम (ख) अनुसार अधिकार प्रयोग गरी प्रोत्साहन स्वरूप अभिलेखमा जनिने गरी रु. १,३००/- (अक्षरूपी तेह्र सय रुपैयाँ मात्र) नगद पुरस्कार सहित पुस महिनाको “BEST TRAFFIC POLICE OF THE MONTH” अवार्ड प्रदान गरेको हो। यस सम्मानले अन्य प्रहरी कर्मचारीहरूमा समेत सकारात्मक प्रभाव पर्न गई आगामी दिनमा कार्यसम्पादन अझ प्रभावकारी हुने विश्वास लिइएको छ।


Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनु भएको हुन सक्छ