प्लास्टिकको बोरामा बालिका मृत अबश्थामा फेला परेको फरार प्रतिवादी पक्राउ ।


तराई फिलिक्स
२४ चैत्र लहान। जिल्ला सिरहा, गोलबजार नगरपलिका वडा नं. ०९ गोबिनपुर बस्न बेचन अलीको छोरी बर्ष १३ की गुलसना खातुन मिति २०८१ फाल्गुन २९ गते अन्दाजी ०९:०० बजेको समयमा घाँस काट्न निस्केर हिडेकी हाल सम्म घर फर्की नआएको तथा सम्पर्क गर्दं सम्पर्कमा नभएकोले निजको (आमा) जेहा खातुनले मिति २०८१ चैत्र ०१ गते छोरी खोजतलासको लागि इलाका प्रहरी कार्यालय मिचैया, सिरहामा निवेदन दिएकोमा मिति २०८१ चैत्र १२ गते दिउँसो अन्दाजी १२:०० बजेको समयमा जिल्ला सिरहा गोलबजार नगरपालिका वडा नं.०९ स्थित घु्मी खोलाको किनारमा अं. १३/१४ वर्ष की बालिका मृत अवस्थामा फेला परेको र उक्त मृतक बालिकाको लाश जिल्ला सिरहा, गोलबजार नगरपालिका वडा नं. ९ बस्ने बेचन अली र जहदा खातुनको छोरी अं. वर्ष १२ की गुलसाना खातुन रहेको भनी निजको काका नाता परनें सफिजुल रहमानले उत्त मृतक बालिकाको लाश हेरी पहिचान र सनाखत गरी अनुसन्धान भईहेकोमा थप प्राविधिक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय मिचैयामा केन्द्रिय अमुसन्धान ब्युरोको टोली, मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुर र इलाका प्रहरी कार्यालय मिर्चैया समेतको संयुक्त टोलिले सो घटनाको अनुसन्धान गरी उक्त घटनामा संलमन निम्न व्यक्तिलाई मिति २०८१ चैत्र २४ गते जिल्ला सिरहा गोलबजार नगरपालका वडा नं. ९, गोविन्दपुर बाट मृतकले घाँस काटन लगेको हसिया १ थान ऐऐ बस्ने बर्ष २४ को जनक भन्ने बिर बहादुर सार्कींलाई कानुन बमोजिम पक्राउ गरी इलाका प्रहरी कार्यालय मिर्चैयामा राखिएको ।
निज उपर ज्यान सम्बन्धी कसूरूमा मुद्दा दायर भई सम्मानित सिरहा जिल्ला अदालतबाट दिन (७) को म्याद थप लिई इलाका प्रहरी कार्यालय मिर्चैयाबाट थप अनुसन्धान भईरहेको जिप्रका सिरहाले जनाएको छ।

अनसन्धानबाट खलेका कुराहरु:
> मिति २०८१११|२९ गते ९:० बजे बिर बहादुर सार्कीले आफ्नो मकै बारीमा पाडो तथा अन्य जनावरबाट मकै बाली जोगाउन बिधुतिय धराप लगाएकोमा केहि बेर मै एउटा केटी चिच्याएको आवाज आए पश्चात सो स्थानमा गई हेर्दा सोही समयमा खैरो कालो सल, कुर्ता सुरूवाल लगाएको केटि तार नजिक लडिरहेको र सोहि नजिक मृतक गुलसना खातुनले ल्याएको हसिया, खुर्पा, रातो चप्पल र चामलको निलो रंगको बोरा रहेको देखि निज बिर बहादुर साकीले पहेलो बोरामा निज मृतकको लाशलाई घुर्मि खोलाको किनार नजिक लगी खुरपाले खाल्टो
खनी पुरेको खुल्न आएको ।


