मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा आज सिरहाका विभिन्न ठाउबाट आठजनालाइ उद्धार गरिएको ।

तराई फिलिक्स २९८१ कार्तिक ३ गते


मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको छैटौँ दिन आज सिरहाका विभिन्न ठाउँबाट आठजना सडकआश्रित सहयोगापेक्षी मानवको उद्धार गरिएको छ । यहाँको लहानबाट चार पुरुष र एक महिला, गोलबजारबाट एक पुरुष र एक महिला तथा मिर्चैयाबाट एक पुरुष गरी आठजनाको उद्धार गरिएको मानवसेवा आश्रमका महासचिव सुमन बर्तौलले जानकारी दिए ।

‘यो पटकको चाडपर्वमा, कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्दै मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु भएको हो । टोलीमा सहभागी आश्रमका महासचिव बर्तौलाका अनुसार सडकपेटीबाट उद्धार गरिएका व्यक्तिहरूलाई सर्लाही सेवा केन्द्रमा पठाइएको छ ।

महासचिव बर्तौलाले उद्धार टोलीले कोशी प्रदेशमा झापाबाट १२, सुनसरीबाट १२, मोरङबाट चार र उदयपुरबाट १६ गरी ४३ को उद्धार गरिएको बताए । उद्धार हुनेहरूमा नौ महिला र ३५ पुरुष छन् । यसैगरी, सप्तरीबाट दुई महिला र ११ पुरुष गरी १३ जनाको उद्धार गरिएको छ ।

गत असोज २६ गते विजयादशमीका दिन प्रधानमन्त्री केपी शर्मा ओलीले यात्राको उद्घाटन गर्नुभएको थियो । ३२ दिने मेची महाकाली राष्ट्रिय उद्धार यात्रा कात्तिक २७ गतेसम्म चल्नेछ ।स्रोत:खबर हव

लहान-०४ नम्बर वडामा बस्दै आउनु भएका रबिन्द्र पण्डित जीले हाल बिराटनगर-०४, नोबेल अस्पताल अगाडि रोनी मेडिको (फार्मेसी) सञ्चालन गरिरहनु भएको छ। यदि कसैलाई स्वास्थ्यसम्बन्धी कुनै समस्या भएमा बिराटनगर नोबेल अस्पताल जानु परेमा र त्यहाँ अस्पताल भित्र उपचार गराइरहेको अवस्थामा कुनै औषधि वा सर्जिकल सामग्री आवश्यक परेमा रोनी मेडिको (रबिन्द्र पण्डित) जीलाई अवश्य सम्झनु होला। उहाँले सकेसम्म विशेष छुटमा सेवा दिनेछन् र समयमै सबै सामग्री उपलब्ध गराउने प्रयास गर्नेछन्।
                                                 तपाईं मधेश प्रदेशका विभिन्न जिल्ला, कोशी प्रदेश र देशका विभिन्न जिल्ला बाट नोबेल मेडिकल कलेज बिरामी भएर आउनु भएको छ वा आफन्त छरछिमेकी कोहि बिरामी भएर आएका छन र औषधी चाहियो भने हामीलाई सम्झिनुहोला, नोबेल हस्पिटल गेट बाहिर हाम्रो रोनी मेडिको तपाईंहरूको लागि २४ सै घण्टा सेवा उपलब्ध हुने छन्।
नोट:- औषधी तथा सर्जिकलको सम्पूर्ण सामानहरू सुपथ मुल्यमा पाइन्छ ।
ROONI MEDICO
विराटनगर-४, नोबेल हस्पिटल गेट
सम्पर्क:- 980433991, 9842956970
G-mail:- roonimedico@gmail.com

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *