मेयर कप प्रदेश स्तरीय कराते प्रतियोगिता–२०८२ लहानको कवडहलमा सम्पन्न

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

लहान माघ ३। “राष्ट्रियका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद ” नाराका साथ नेपाल कराते महासंघद्वारा आयोजित लहान मेयर कप प्रदेश स्तरीय कराते प्रतियोगिता–२०८२ को अन्तिम दिन आज शनिवार सिरहाको लहान नगरपालिका वडा न.३ स्थित कबर्ड हलमा समापन कार्यक्रम  सम्पन्न भएको छ। प्रतियोगिताको समापन कार्यक्रम जिसस प्रमुख तथा जिल्ला कराते अध्यक्ष दिनेश महतो ज्यूको अध्यक्षता तथा मधेस प्रदेश भौतिक पूर्वाधार मन्त्री माननीय राज कुमार गुप्ता ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।


कार्यक्रममा नेपाल कराते महासंघका केन्द्रिय अध्यक्ष युवराज लामा र लहान नगर प्रमुख महेश चौधरी विशेष अतिथिका रूपमा सहभागी हुनु भएको थियो। अतिथिहरूले खेलकुदले अनुशासन, आत्मविश्वास र युवाहरूको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै कराते खेललाई अझ व्यवस्थित र व्यावसायिक बनाउँदै लैजानुपर्नेमा जोड दिनु भयो। प्रतियोगितामा मधेस प्रदेशका आठवटै बाट  सिरहा, धनुषा, सप्तरी, महोत्तरी, सर्लाही बारा पर्सा र रौतहट लगायत जिल्लाका कराते खेलाडी सहभागी थिए।

। विभिन्न तौल तथा उमेर समूहमा प्रतिस्पर्धा भएका खेलहरूमा खेलाडीहरूले उच्च मनोबल र उत्कृष्ट खेल कौशल प्रदर्शन गरेका थिए। विजयी खेलाडीहरूलाई पदक, प्रमाणपत्र तथा ट्रफी प्रदान गरिएको थियो।

समापन कार्यक्रममा बोल्दै अध्यक्ष दिनेश महतो ज्यूले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण निकाय, खेलाडी, प्रशिक्षक तथा स्वयंसेवकहरूलाई धन्यवाद ज्ञापन गर्नु भयो। त्यस्तै, प्रमुख अतिथि मन्त्री गुप्ता ज्यूले खेलकुद पूर्वाधार विकास र खेलाडी प्रोत्साहनका लागि प्रदेश सरकारबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।


उक्त प्रतियोगिता सफल रूपमा सम्पन्न गर्न लहान नगरपालिकाको विशेष सहयोग रहेको आयोजकले जनाएको छ। नगरपालिकाको सहकार्यले स्थानीय स्तरमा खेलकुद गतिविधि प्रवर्द्धनमा टेवा पुगेको सहभागीहरूको भनाइ रहेको थियो। मेयर कप प्रदेश स्तरीय कराते प्रतियोगिता–२०८२ ले लहानलाई खेलकुदको केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान दिएको आयोजकको विश्वास रहेको छ।


Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनु भएको हुन सक्छ