लहानको हस्पिटलचौकमा फैमली डेन्टल क्लिनिक सञ्चालनमा,नगरप्रमुख चौधरी द्वारा उदघाटन


१५ जेठ लहान। सिरहाको लहान -३ हस्पिटल चौकस्थित अत्याधुनिक फैमली डेन्टल क्लिनिक सञ्चालनमा आएको छ।आज बिहीबार लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीले फैमली डेन्टल क्लिनिकको रिबन काटेर उदघाटन गरिएको छ।

नगर प्रमुख चौधरीले रिबन काट्दै भने -“लहानमा फैमली डेन्टल क्लिनिकले दातमा लागेका रोग दातमा भएका सम्स्यालाई सजिलो तरिकाले बैज्ञानिक तरिकाले नयाँ प्रबिधी द्वारा यहाका नगर बासिलाइ फेमिली डेन्टल क्लिनिकले सहयोग पुर्याउननु हुन्छ र सर्व-सुलभ रुपमा बिरामीको चाहना अनुरुप सेवाप्रदान होस् भनेर भनेका छन् ।

फैमली डेन्टल क्लिनिकका सञ्चालक डा. मो. अफ्रोज वि.डि.एस , बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ( घोपा क्याम्प ) धरानबाट पढेर आफ्नो गाउँठाउँमा सेवा दिन ईच्छुक भएका छन् ।

डा. अफ्रोजका अनुसार – पहिलो महिनको लागि दाँत, मुख, तथा गिजा जाँच गराउन आउँदा २०% देखि ३०% सम्मको छुटसहितको सेवा प्रदान गरिएको बताउनुभयो । क्लिनिक उदघाटन कार्यक्रममा उल्लेखनीय स्थानीयहरु बौद्धिक सर्कलका व्यक्तित्व तथा लहानका डाक्टरहरु, सञ्चारकर्मीहरुको उपस्थिति देखिएको थियोे ।