लहान नगरपालिकाले वडा नम्बर १८ शोभापुरमा ७८ गरीव बिपन्न राम परीवारलाइ न्यानो कम्बल वितरण ।


२१ पुस लहान । लहान नगरपालिकाले दलित तथा विपन्न समुदायलाई लक्षित गरी न्यानो फाइवर कम्बल/सिरक वितरण कार्यक्रम सुरु गरेको छ । जाडोबाट सबैभन्दा बढी प्रभावित हुने दलित, गरीब, मुसहर राम डोम समुदायको विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारलाई राहत दिन नगरपालिकाले न्यानो फाइवर कम्बल वितरण थालेको हो ।

लहान नगरपालिकाले वडा नम्बर १८ स्थित शोभापुर टोलका ७८ जना विपन्न राम परिवारलाई न्यानो कम्बल वितरण गरेको छ ।

चिसोका कारण दैनिक जीवन कष्टकर बन्दै गएको अवस्थामा नगरपालिकाबाट प्राप्त न्यानो कम्बलले राहत मिलेको स्थानीयवासीहरूले बताएका छन् ।नगर प्रमुख महेशप्रसाद चौधरीले यस वर्षको जाडो मौसममा नगरका सबै वडामा सयौभन्दा बढी कम्बल वितरण गर्ने योजना रहेको जानकारी दिए । “जाडोको समयमा दलित, विपन्न र गरिब समुदाय सबैभन्दा बढी प्रभावित हुन्छन्,” मेयर चौधरीले भने, “नगरपालिकाको दायित्व भनेकै यस्ता समुदायलाई समयमै राहत पुर्याउनु हो । त्यसैले सबै वडामा आवश्यकताको आधारमा कम्बल वितरण गरिनेछ ।”

उनका अनुसार नगरपालिकाले वडास्तरमै तथ्यांक संकलन गरी वास्तविक रूपमा आवश्यक पर्ने परिवारलाई प्राथमिकतामा राखेर न्यानो कपडा वितरण गरिरहेको छ । यसले राहत सामग्री दुरुपयोग नहोस् र सही व्यक्तिसम्म पुगोस् भन्ने उद्देश्य लिएको नगरप्रमुख चौधरीले जानकारी दिइएको छ ।
