सप्तकोशीमा बस अनियन्त्रित भएर पुलको बार भत्काउँदै खसेको ,बसबाट १२ जनाको सकुशल उद्दार गरिएको छ

तराई फिलिक्स असोज १० गते बिहीवार

हाम्रो सेवाहरु: तपाईं मधेश प्रदेशका विभिन्न जिल्ला कोशी प्रदेश र देशका विभिन्न जिल्ला बाट नोबेल मेडिकल कलेज बिरामी भएर आउनु भएको छ वा आफन्त छरछिमेकी कोहि बिरामी भएर आएका छन र औषधी चाहियो भने हामीलाई सम्झिनुहोला, नोबेल हस्पिटल गेट बाहिर हाम्रो रोनी मेडिको तपाईंहरूको लागि २४ सै घण्टा सेवा उपलब्ध हुने छन्।
नोट:- औषधी तथा सर्जिकलको सम्पूर्ण सामानहरू सुपथ मुल्यमा पाइन्छ ।
ROONI MEDICO
विराटनगर-४, नोबेल हस्पिटल गेट
सम्पर्क:- 980433991, 9842956970
G-mail:- roonimedico@gmail.com


लहान। विराटनगरबाट उदयपुरको गाईघाट जाँदै गरेको को १ ख ४६०१ नम्बरको यात्रुवाहक बस साँझ ६ बजेतिर सप्तकोशीमा खसेको थियो। सप्तकोशीको ३५ नम्बर ढोकाबाट पानीमा खसेको बसबाट १२ जनालाई सकुशल बाहिर निकालिएको सुनसरी प्रहरीका डीएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए।

बसमा सवार थप दुई जनाको अवस्था भने अज्ञात रहेको र उनीहरुको खोजी भइरहेको भण्डारीको भनाइ छ। यात्रुको उद्दारमा सुनसरी र सप्तरीका प्रहरी परिचालन भएका छन्।

अनियन्त्रित भएर पुलको बार भत्काउँदै उक्त बस नदीमा खसेको प्रहरीले जनाएको छ ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *