सप्तरीको मलहनमा गाउमा डकैती हुँदा एकजनाको मृत्यु ,संकास्पद एक ब्यक्ति पक्राउ ।



प्रमोद थारु सप्तरी २३ जेष्ठ । जिल्ला सप्तरीको सुरुङा नगरपालिका वडा ८ मलहनमामा बिहिबार राती एक अगयात समुहले डकैती लुटपाटको क्रममा अन्दाजी ५० बर्षिय कन्त लाल चौधरीलाई गोलि हानी हत्या गरिऐको छ। लुटपाटको क्रममा प्रतिकार गर्दा निजलाई गोलि प्रहार गरेको थियो। गोलि प्रहारले निजको घट्नास्थलमै मृत्यु भएको थियो।प्रतिकारको क्रममा निजको मृतकको भाइ रामाकान्त चौधरीलाई लुटेरा समुहले धारिलो हत्यारले गम्भीर घाइते बनाइऐको छ घाइतेको लहान अस्पतालमा उपचार भइरहेको छ।
लुटेरा समुहले ६०/६५ हजार नगद ५ तोला सुनको गरगहना २ किलो चान्दि सहित समानहरु लगेका छन।
अन्दाजी १२:२५ बजे राती घट्ना हुदा हो हल्ला भए लगतै गाउलेहरुले प्रतिकार गर्दा लुटेराहरु भागेको थियो गाउलेहारु आए लगतै इलाका प्रहरी कार्यालय कडरबोनालाई खबर गरेको थियो।

घटनाको सुक्ष्म अनुसन्धानका लागि मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट तालिम प्राप्त कुकुर मङाइएको छ। घट्ना स्थलबाट ३ राउन्ड गोलि र खोखा फेला परेको छ भने एक जना सन्कस्पद ब्यक्तिलाइ पक्राउ गरि अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीले जानाकरी गराइएको छ।
