सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुशहामा बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा

तराई फिलिक्स
२६ चैत्र लहान । सप्तरीको बालमैत्री स्थानीय शासन पद्धति र व्यवहार: समृद्ध सुरुङ्गाको आधार’ मूल नारासहित सुरुङ्गा नगरपालिका वडा नं. ५, कुशहामा बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा सभा सम्पन्न गरिएको छ। मंगलबार आयोजित उक्त कार्यक्रमले स्थानीय शासनमा बालबालिकाको सहभागिता सुनिश्चित गर्ने उद्देश्यसहित बालमैत्री वडा घोषणाको महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।
कार्यक्रमको सञ्चालन मुना सागलले गरेकी थिइन् भने स्वागत मन्तव्य विशेन्द्र पासवानले राखेका थिए। सभाको अध्यक्षता वडा नं. ५ का वडा अध्यक्ष तथा बालमैत्री स्थानीय शासन वडा समितिका अध्यक्ष दिलाराम चौधरीले गरेका थिए।कार्यक्रमका प्रमुख अतिथि सुरुङ्गा नगरपालिकाकी नगर प्रमुख गीता चौधरी रहनुभएको थियो भने विशिष्ट अतिथिमा उप–प्रमुख रुद्र बहादुर कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिल कुमार पासमानसहित नगरका अन्य वडाका अध्यक्षहरूको उपस्थिति रहेको थियो।


घोषणा कार्यक्रममा वडा नं. १ का छत्रबहादुर राउत, वडा नं. २ का अर्जुनराज खपाङ्गी, वडा नं. ३ का किरण पोखरेल, वडा नं. ४ का एवं सामाजिक विकास समितिका संयोजक देवेन्द्र चौधरी, वडा नं. ६ का दिनेशकुमार राम, वडा नं. ७ का शिवनारायण चौधरी, वडा नं. ८ का श्यामप्रसाद साह, वडा नं. ९ का सन्तकुमार यादव, वडा नं. १० का चन्द्रनारायण यादव, वडा नं. ११ का रामकुमार चौधरी, नगर प्रवक्ता शिवदर्शन पासवान, कार्यपालिका सदस्यहरू हिराकुमारी चौधरी, निमाला चौधरी, शान्नी मण्डल, राधा मोची, रामभगत मोची, सुनिता दास, फुलकुमारी राम लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
यसैगरी वडा नं. ५ का वडा सदस्यहरू भुवनेश्वर चौधरी, मन्जु कुमारी चौधरी, सुमिन्त्रा देवी पासमान, मुन्नी देवी ठाकुर, नगर स्वयंसेविका समूह अध्यक्ष देवकी वती चौधरी तथा विभिन्न शाखाका शाखा प्रमुखहरू—शिक्षा, युवा तथा खेलकुद शाखाका हिरालाल राणा, भौतिक पूर्वाधार शाखाका ई. इन्द्रनारायण चौधरी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी रिंकु कुमारी यादव, स्वास्थ्य शाखाका दशन चौधरी, जिन्सी शाखाका राजकुमार यादव, इन्जिनियर श्यामसुन्दर यादव तथा स्वास्थ्य चौकी प्रमुख रामकुमार दियालीजस्ता व्यक्तिहरू सहभागी थिए।


बालमैत्री फोकल पर्सन मुना माल, सेभ द चिल्ड्रेनका बेरिव परियोजना संयोजक मकरबहादुर सार्की, सवल नेपालका फिल्ड संयोजक डिकुरा पोखरेल र आशिष चौधरी, वडा सचिव मिरा कुमारी चौधरी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष जागेश्वर चौधरी (मसिलाल जनता मावि), महेन्द्र प्रसाद चौधरी (श्री रा.आ.वि. बनिगामा), प्रअ सूर्यनारायण चौधरी, मदरसा प्रअ तथा अन्य विद्यालय प्रतिनिधिहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो।
इलाका प्रहरी कार्यालय कडरबोना र शसस्त्र प्रहरी वेश क्याम्प कुशहाका प्रतिनिधिहरू, नगर युवा सञ्जालका अध्यक्ष कुन्दन कुमार पासवान, नगर बाल क्लब सञ्जाल अध्यक्ष देवकुमार साह, वडा बाल क्लब सञ्जाल अध्यक्ष चाँदनी कुमारी चौधरी लगायत बालबालिकाका प्रतिनिधिहरूको उपस्थिति कार्यक्रमको विशेष आकर्षण रहेको थियो।


कार्यक्रममा सम्बोधन गर्ने अधिकांश वक्ताहरूले बालमैत्री स्थानीय शासनको अभ्यासलाई व्यवहारिक बनाउँदै स्थानीय तहमा बालबालिकाका हितमा नीति, योजना, कार्यक्रम तथा बजेट सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए। प्रमुख अतिथि नगरप्रमुख गीता चौधरीले भनिन्, “बालमैत्री वडा घोषणासँगै बालबालिकाको स्वास्थ्य, शिक्षा, सुरक्षा र अभिव्यक्तिको हक सुनिश्चित गर्न नगरपालिकाले अझ प्रभावकारी कदम चाल्नेछ।”नेपाल सरकारले २०८७ सालभित्र देशलाई पूर्ण रूपमा बालमैत्री स्थानीय शासन युक्त राष्ट्र बनाउने लक्ष्य लिएको छ। अन्तर्राष्ट्रिय बाल अधिकार महासन्धीको पक्षराष्ट्रका रूपमा नेपालले आफ्ना सबै तहमा बाल अधिकार सुनिश्चित गर्नुपर्ने दायित्व बहन गर्दै आएको सन्दर्भमा यो घोषणा महत्वपूर्ण उपलब्धि मानिएको छ।


सुरुङ्गा नगरपालिकाले हालसम्म पाँच वटा वडालाई बालमैत्री वडा घोषणा गरिसकेको छ। बालमैत्री वडा घोषणा अभियानलाई नगरबासी, अभिभावक, शिक्षक, समाजसेवी, बाल क्लब तथा सरोकारवालाको सहकार्यमा अगाडि बढाइरहेको बताइएको छ। समापन मन्तव्य राख्दै वडा अध्यक्ष दिलाराम चौधरीले सबै सहभागीप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा बालबालिकामैत्री योजना र संरचना निर्माणमा वडा कार्यालय कटिबद्ध रहने बताएका थिए।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *