सिरहाको नवराजपुर गपा-२ मा ट्रान्सफर्मर चोरी, वडाध्यक्ष माथी चोरी गराएको आरोप


१३ बैशाख लहान। सिरहा जिल्लाको नवराजपुर गाउँपालिका–२ मा बुधवार राति अज्ञात समूहले विद्युतीय ट्रान्सफर्मर चोरी गरेका छन्। स्थानीय रामपुजन मुखियाका अनुसार कमला सिचाइ योजनाअन्तर्गत करिब ४ वर्षअघि पूर्व वडा अध्यक्ष खुशीलाल साहले १ करोड रुपैयाँभन्दा बढीको बजेटमा उपभोक्ता समूहमार्फत ५० वाटको ट्रान्सफर्मर जडान गरेका थिए।

तर, विभिन्न कारणले विद्युत् आपूर्ति नहुँदा सिचाइ योजना निष्क्रिय अवस्थामा थियो। बैशाख १० गते राति अज्ञात समूहले ट्रान्सफर्मर तोडफोड गरी तामा तारसहित गहुँ, धान, चामलजस्ता करिब दुई लाख बराबरको सामग्री लुटपाट गरेको रामपुजन मुखियाले जानकारी दिए।

पूर्व वडा अध्यक्ष यादव फर्जी नागरिकता सिफारिसको आरोपमा पक्राउ परेको सात दिन नपुग्दै यस्तो घटना भएको हो। उपभोक्ता समितिका सदस्यहरू, विशेषतः महिलाहरूले हालका वडा अध्यक्ष सुरेश कुमार यादवमाथि घटनामा संलग्न रहेको आरोप लगाएका छन्।

वडा अध्यक्ष सुरेश कुमार यादवले भने आफू निर्दोष रहेको दाबी गर्दै गहिरो अनुसन्धानका लागि आग्रह गरेका छन्। “यदि दोषी प्रमाणित भए कानुनी सजाय भोग्न तयार छु,” उनले बताएका छन्।
हेर्नुस् पुराभिडियो
घटनाको अनुसन्धान ईलाका प्रहरी कार्याल पतार र प्रहरी चौकी झाझपट्टिले गरीरहेको जनाइएको छ।