सिरहाको लहानबाट लागुऔषध सहित दुइजना पक्राउ ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

२० पुस लहान। जिल्ला सिरहा लहान नगरपालिका वडा नं.१ बस्ने अं बर्ष २३ को गौतम ठाकुरले लागुऔषध बिक्री बितरण गरीरहेको छ, भनि गोप्य सुचनाको आधारमा मिति २०८२ पुस १९ गते अं.३:०० बजेको समयमा इलाका प्रहरी कार्यालय लहान सिराहाबाट प्रहरी टोली खटी गईं निज गौतम ठाकुरलाई निजकै घर पछाडी रहेको शौचालय पछाडी लुकेको अवस्थाम फेला पारी नियन्त्रणमा लिन खोज्दा निजले आफ्नै हातमा रहेको पहेंलो रङको झोला गेहु बारीमा फालेकोमा निजलाई नियन्त्रणमा लिई उक्त फालेको झोला खोलेर हेर्दा झोलाबाट र निजको शरिर खानतलासी गर्दा निजको साथबाट गौतम ठाकुरले लगाएको पाइन्टको अगाडी तर्फको दाहिने खल्तीबाट सेतो कागजको ‘पुरीयामा ‘हेर्दा डाइजेपाम लेखिएको १ एम्पुल, फेनारगन लेखिएको १ एम्पुल र बुपरेनोरफिन  लेखिएको १ एम्पुल फेला परेको र निजका पाइन्टका बाया खल्तिबाट टेकनो कम्पनीको मोवाईल थान १ , तल्लो दाहिने खल्तिमा चार हजार आठ सय पन्द्र रुपैया साथै गौतम ठाकुरले गेहुबारीमा फालेको झोलाबाट बोनफ्लाय लेखिएको किप्याड मोवाईल थान १. कालो प्लाष्टिकको पोलिथिनमा बुपरेनोरफिन 2ml लेखिएको १ एमपुल र फुटेको २ एमपुल, डाइजेपाम लेखिएको ७ एमपुल र फुटाएको २ एमपुल, फेनारगन  लेखिएको ४ एम्पुल र फुटाएको ६ एम्पुल र सोही झोलामा नाइटराजेपाम ट्याबलेट ip  लेखिएको ८ पत्तामा जम्मा ७९ टयाबलेट  Wiscorex 10 ml लेखिएको १० बोतल र सोही झोलामा कागजको सानो ३ वटा पुरियामा बुपरेनोरफिन 2ml लेखिएको २ एम्पुल, डाइजेपाम लेखिएको ३ एम्पुल, फेनरागन लेखिएको ३ एमपुल लागुऔषध फेला परेको हो।

साथै निज गौतम ठाकुरकै घरमा लुकिछिपी बसिरहेका जिल्ला सप्तरी सुरुङ्गानगरपालिका वडा नं.८ बस्ने अं. वर्ष २१ को गौतम चौंधरी समेतलाई नियनत्रणमा लिई खानतलासी गर्दा निजको साथबाट त्यसैगरी गौतम ठाकुरको घरमा लुकिछिपी बसिरहेको गौतम चौधरीको साथबाटः. निजले लगाएको पाइन्टको दाहिने खल्तिबाट Vivo कम्पनीको मोवाइल थान-१ र निजले लगाएको हुडिको दाहिने खल्तीबाट एक वटा सेतो कागजको पुरीय फेला परेको सो पुरीया खोलि हेर्दां गाँजा जस्तो पदार्थ रहेको सो पदार्थ कागजसहित तौल गर्दां १६. ग्राम र कागज बाहेक १५ ग्राम भएको सोही खल्तिमा Colours लेखिएको मोवाईल थान-१ र लाईटर थान ५ र रकम नेपाली रुपैया (आठ सय) फेला परेको र लागुऔषध बिक्री वितरणमा प्रयोग गर्ने प्रदेश २-०१-००२ प ६२६३ नम्बरको मोटरसाईकल सहित निज दुबै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लहान सिरहामा ल्याई थप अन्सन्धान कार्य भईरहेको जिप्रका सिरहाले जनाएको छ।


Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनु भएको हुन सक्छ