सिरहाको लहानमा भारी मात्रामा १२० ग्राम बढि लागुऔषध ब्राउनसुगर सहित दुइजना पक्राउ ।


२० गते असार लहान। जिल्ला सिरहा लहान नगरपालिका वडा नं ११ पडरीया टोल स्थित मिति २०८२ असार १९ गते अन्दाजी ४: १५ बजेको समयममा मिथलेश कुमार चौधरीको घरमा लागुऔषधको कारोवार भइहेको छ, भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय लहान सिरहाबाट संयुक्त रुपमा खटिएको विशेष प्रहरी टोलीले मिथलेश कुमार चौधरीको घर वतनमा चेकजाँच तथा खानतालशी गर्दां निज मिथलेश कुमार चौधरी समेतको साथबाट र घरबाट निम्न बमोजिम लागुऔषध ब्राउन सुगर लगायतका सामानहरु फेला परेकोले रीतपर्वक बरामद गरी निज मिथलेश कुमार चौधरी समेतलाई पक्राउ गरी अनुसन्धान कार्य भइरहेको ।

पक्राउ परेका मानिसहरु:
जिल्ला सिरहा लहान नगरपालिका वडा नं. ११ पडरीया बस्ने बर्ष २८ को मिथलेश कुमार चौधरीको साथबाट खैरो हिरोइन जस्तो देखिने पदार्थ प्लाष्टिकको पोकामा प्लाष्टिक सहित ११३.९१ ग्राम (प्लाष्टिक बाहेक १०९ ग्राम,) र नगद रुपैया सात हजार तिन सय दश मोवाईल थान- १ र निजकै घरको कोठामा रहेको काठको दराज भित्र नेपाली नगद रु दुई लाख पचहत्तर हजार तिन सय र भारतीय रुपैया एक हजार दई सय पचास र सुनको जस्तो देखिने तिलहरी थान-१ र नेकलेश थान-१, डिजिटल तराजु थान-१, प्लाष्टिक काट्न प्रयोग गरेको कैंची थान-१ समेत फेला परेको ।

सोही स्थान बस्ने बर्ष २४ को राज नन्दन चौधरीको साथबाट लाग औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ प्लाष्टिक सहित
१०.७१ ग्राम ( प्लाषप्टिक बाहेक ९.६१ ग्राम), नगद रु. २,१००|- (दुई हजार एक सय) , मोवाईल थान-१ फेला परेको।
मिति २०८२ असार २० गते सम्मानित सिरहा जिल्ला अदालतमा पेश गरी मिति २०८२ असार १९ गते देख लागु हुने गरी दिन ५ को म्याद लिइ अनुसन्धान कार्य भइरहेको जिप्रका सिरहाले जनाएको छ।

जम्मा लागुऔषध प्लाष्टिक सहित १२४.६२ ग्राम र (प्लाप्टिक बाहेक ११८.६१ ग्राम) र नगद जम्मा नेपाली रुपैया दुईं लाख छयासी हजार सात सय दश रुपैया