सिरहामा आफ्नै साथीको हत्या गर्ने ५ जना मानिसहरु पक्राउ परेका हुन।
तराई फिलिक्स २०८१ कार्तिक ४ गते आइतबार
लहान। मिति २०८१।०६।२८ गतेका दिन अ.१८;२० बजेको समयमा जिल्ला सिरहा सुखिपुर नगरपालिका वडा नं.१० गागन खोला नजिक गोलबजार नगरपालिका वडा नं.१३ डंगराहा टोल बस्ने श्रीदेव मोचीको छोरा बर्ष २१ को कृष्ण कुमार महरा मृत अवस्थामा फेला परेको बारे अनुसन्धान गर्दै जाने क्रममा मिति २०८१।०६।२७ गते रातको समयमा मृतक कृष्ण कुमार महरा र ऐ.ऐ. बस्ने बर्ष १९ को रोहित कुमार महरा समेत आफ्नो घरबाट सँगै जिल्ला सिरहा सुखिपुर नगरपालिका वडा नं.१० शिबचौकमा लागेको दुर्गा मेला हेर्न आई मेलामा रहेका अन्य निजकै साथिहरु मोहमद जमसेद, धिरज कुमार राम, धर्मेन्द्र महरा र संतोष कुमार महरा सँग भेट भई यी सबै जना नशालु पदार्थ सेवन गर्ने भनि मेला स्थान देखि पुर्व खोला नजिक चौरमा गई पानीको वोतलको बंकर बनाई सो बंकरबाट गाँजा र नाईट्राभेट ट्याव्लेट समेत सबै जनाले सेबन गरी मृतक कृष्ण कुमार महराले नामथर नखुलेकी महिला साथिलाई भेटन बोलाउँन खोज्दा निजहरुले पनि मृतकको साथीलाई भेटने भनेकोमा मृतकले उक्त कुरा नमाने पछी सोही बिषयमा वाद विवाद हुँदा मोहमद जमसेद, धिरज कुमार राम, धर्मेन्द्र महरा, संतोष कुमार महरा, रोहित कुमार महरा र अरविन कुमार महरा समेत मिली ज्यान मार्ने योजना बनाई कृष्ण कुमार महरालाई चारै तिरबाट घेराहाली समाती धारिलो कैचीले घाटी तथा पेटमा रोपी अमानवीय हिसावले क्रुर यातना दिई हत्या गरी उक्त अपराधबाट बच्नको लागि गागन खोलाको पश्चिम पट्टीको डिलमा खाल्टो खनी सो खाल्टोमा मृतकको कम्मर भन्दा माथिको भाग वालुवाले छोपी वारदात स्थलबाट भागि फरार भएको अनुसन्धानबाट खुल्न आएको हुँदा ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा अनुसन्धानको सिलसिलामा उक्त वारदातमा पक्राउ परेक रहेका प्रतिवादीहरुलाई मिति २०८१।०७।०२ गते राति अं. २२:३० बजेको समयमा आफ्नै घरमा लुकिछिपी बसिरहेको अबस्थामा फेला परेको
जिल्ला सिरहा गोलबजार नगरपालिका वडा नं.१३ डंगराहा टोल बस्ने उदय नारायण महराको छोरा बर्ष २७ को संतोष कुमार महरा
ऐ. ऐ. बस्ने श्याम कुमार महराको छोरा बर्ष १९ को रोहित कुमार महरा
ऐ. ऐ. गर्भा चमारको छोरा बर्ष २१ को धर्मेन्द्र महरा
ऐ. ऐ. बस्ने सियालाल महराको छोरा बर्ष १९ को धिरज कुमार राम
ऐ. ऐ. बस्ने मनसुर महमदको छोरा बर्ष २० को मोहमद जमसेद लाई तत्कालै जरुरी पक्राउ पुर्जी दिई पक्राउ गरी सम्मानित सिरहा जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भईरहेको जिप्रका सिरहाले जनाएको छ।
लहान-०४ नम्बर वडामा बस्दै आउनु भएका रबिन्द्र पण्डित जीले हाल बिराटनगर-०४, नोबेल अस्पताल अगाडि रोनी मेडिको (फार्मेसी) सञ्चालन गरिरहनु भएको छ। यदि कसैलाई स्वास्थ्यसम्बन्धी कुनै समस्या भएमा बिराटनगर नोबेल अस्पताल जानु परेमा र त्यहाँ अस्पताल भित्र उपचार गराइरहेको अवस्थामा कुनै औषधि वा सर्जिकल सामग्री आवश्यक परेमा रोनी मेडिको (रबिन्द्र पण्डित) जीलाई अवश्य सम्झनु होला। उहाँले सकेसम्म विशेष छुटमा सेवा दिनेछन् र समयमै सबै सामग्री उपलब्ध गराउने प्रयास गर्नेछन्।
तपाईं मधेश प्रदेशका विभिन्न जिल्ला, कोशी प्रदेश र देशका विभिन्न जिल्ला बाट नोबेल मेडिकल कलेज बिरामी भएर आउनु भएको छ वा आफन्त छरछिमेकी कोहि बिरामी भएर आएका छन र औषधी चाहियो भने हामीलाई सम्झिनुहोला, नोबेल हस्पिटल गेट बाहिर हाम्रो रोनी मेडिको तपाईंहरूको लागि २४ सै घण्टा सेवा उपलब्ध हुने छन्।
नोट:- औषधी तथा सर्जिकलको सम्पूर्ण सामानहरू सुपथ मुल्यमा पाइन्छ ।
ROONI MEDICO
विराटनगर-४, नोबेल हस्पिटल गेट
सम्पर्क:- 980433991, 9842956970
G-mail:- roonimedico@gmail.com