सिरहा प्रहरीको ठूलो सफलता, भारी मात्रामा लागुऔषध सहित ८ जना पक्राउ ।

तराई फिलिक्स
२५ चैत्र सोमबार

लहान । बिभिन्न मिति र समयमा जिल्ला सिरहा, सिरहा नगरपालिका वडा नं. ४ लच्का स्थितमा प्रहरी चौकी खिरौनाबाट र लागुऔषध
नियन्रण ब्यरो शाखा कार्यालय गोलनजार सिरहाबाट संुक्त रपमा खटिएको विशेष प्रहरी टोलीले गोष्य सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा निम्न स्थान बस्ने निम्न मानिसहरुलाई लागुऔषध (खैरो हिरोईन) सहित पक्राउ गरी मिति २०८१ चैत्र २५ गते सम्मानित सिरहा जिल्ला अदालतबाट दिन (५) को म्याद थप लिईं जिल्ला प्रहरी कार्यालय सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको जिप्रका सिरहाले जनाएको छ।

भारत जयनगरबाट सिरहातर्फ आउदै गरेको मिति २०८१ चैत्र २२ गते ५ बजेको समयमा बा. प्र. ०२-०२२प ५१३१ नं. को पल्सर मोटरसाईकललाई शंका लागि रोकी चेकजाँच गर्दी प्लाष्टिक भित्र खैरौ हिरोइन जस्तो देखिने पदार्थ (प्लाट्टिक बाहेकको तौल २ ग्राम ४०० मिलि ग्राम) फेला पाऐेकोले लागुऔषध रीतपूर्वक बरामद गरी, मोटरसाईकल सहित मोटरसाईकल चालक जिल्ला सिन्धुली दुधौली नगरपालिका वडा नं. १० बस्ने अं. बर्ष २ को प्रबिन बुढाथोकी र सोही मोटरसाईकल पछाडी सवार ऐ,.ऐ. बस्ने अं. बर्ष २२ को श्रवण कुमाल समेतलाई नियन्त्रणमा लिएको हो।

मिति २०८१ चैत्र २२ गते अं. १७; २० बजेको समयमा भारत जयनगरबाट सिरहातर्फ आउदै गरेको म प्र. ०१-००५प २०२१ नं. को पोल्सर मोटरसाईकललाई शंका लागि चेकजाँच गर्दा प्लास्टिक भित्र लागुऔषध खैरौ हिरोइन जस्तो देखिने पदार्थ (प्लाष्टिक सहितको तौल ०.९२ ग्राम) फेला पारेकोले लागुऔषध, मोटरसाईकल सहित मोटरसाईकल चालक जिल्ला सिरहा मिर्चैया नगरपालिका वडा नं.८ बस्ने अं.बर्ष १९ को सुशान्त पंजियार र सोही मोटरसाईकल पछाडी सवार ऐ, ५ बस्ने अं.बर्ष २० को बिजय महतो समेतलाई नियन्त्रणमा लिएको छ।
त्यस्तै मिति २०८१ चैत्र २३ गते अं. १;४५ बजेको समयमा माडर लहान चल्ले यात्रुबाहल बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसमा सबार यात्रुमाथी शंका लागी चेकजाँच गर्दा यात्रु जिल्ला काठमान्डौ काठमान्डौ महानगरपालिका वडा नं. ११ बस्ने अं बर्ष २१ को सुनिल बहादुर तामाङको साथबाट लागुऔषध खैरौ हिरोइन जस्तो देखिने पदार्थ (प्लाष्टिक सहितको तौल २२:५ ग्राम) फेला पारेकोले लागुऔषध सहित निजलाई नियन्त्रणमा लिएको छ।

त्यसैगरी जिल्ला सिरहा, लहान नगरपालिका वडा नं. ३ अस्पताल चोक स्थितमा मिति २०८१ चैत्र २२ गते अं.१०:२० बजेको समय लागुऔषधको कारोबार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाटर इलाका प्रहरी कार्यालय लाहान सिरहाबाट संयुक्त रूपमा खटिएको विशेष प्रहरी टोलिले सोही स्थानमा बसिरहकेको निम्न मानिसहरु माथि शंका लागि चेकजाँच गर्दा जिल्ला सिरहा, धनगढीमाई नगरपालिका वडा नं. ९ बस्ने अं. बर्ष २१ को पबन साहको साथबाट सानो डिजिटल तराजु १ थान ऐ. धनगढीमाई नगरपालिका वडा नं. ८ बस्ने अं. बर्ष २१ को लालबाबु रायको साथबाट प्लाष्टिक सहित ३३ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परको र धनगढीमाई नगरपालिका वडा नं. ८ बस्ने अं. बर्ब २२ को अंकेश महतोको साथबाट ०.८५ मिलिग्राम मानिसहरुको साथबाट निम्न अनुसारको लागुऔषध फेला परेकोले
रीतपूर्वक बरामद गरी निजहरूलाई नियनत्रणमा लिई इलाका प्रहरी कार्यालय लहान सिरहामा ल्याई मिति २०८१ चैत्र २५ गते सम्मानित सिरहा जिल्ला अदालतबाट दिन (१०) को म्याद थप लिई अनुसन्धान कार्य भईहेको छ।


