सिराहा जिल्लाका पालिकाहरूको बजेट सार्वजनिक, लहान नगरपालिकाले ल्यायो सबैभन्दा ठूलो बजेट ।

विनोद अविरल,आषाढ ११, सिराहा । आर्थिक वर्ष २०८२/०८३ का लागि सिराहा जिल्लाभित्रका सबै स्थानीय तहहरूले नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गरेका छन् ।

जिल्लामै सबैभन्दा ठूलो जनसंख्या तथा भौगोलिक क्षेत्र ओगटेको लहान नगरपालिकाले सबैभन्दा ठूलो बजेट सार्वजनिक गर्दै रु. १ अर्ब ६७ करोड ९५ लाख २८ हजारको आय–व्यय विवरण प्रस्तुत गरेको छ । लहान नगरपालिकाले २४ वटा वडालाई लक्षित गरी पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी तथा सामाजिक सुरक्षा क्षेत्रमा विशेष जोड दिएको जनाएको छ ।

त्यसैगरी, जिल्लाको दोस्रो ठूलो नगरपालिकाका रूपमा रहेको गोलबजार नगरपालिकाले रु. ८१ करोड ८९ लाख ८९ हजार, तथा मिर्चैया नगरपालिकाले रु. ७० करोड ११ लाख ७१ हजारको बजेट प्रस्तुत गरेका छन् ।

अन्य नगरपालिकाहरूको विवरण हेर्दा: , धनगढीमाई नगरपालिका — रु. ६८ करोड ९ लाख ७४ हजार , सुखीपुर नगरपालिका — रु. ६२ करोड ८६ लाख ९ हजार , कल्याणपुर नगरपालिका — रु. ५८ करोड ३१ लाख ३३ हजार , कर्जन्हा नगरपालिका — रु. ४२ करोड ९१ लाख ११ हजार

गाउँपालिकाहरूको बजेट विवरण यसप्रकार छ: ,

अर्नमा गाउँपालिका — रु. ४९ करोड ९६ लाख , बरियारपट्टि गाउँपालिका — रु. ४५ करोड ६८ लाख ८१ हजार , भगवानपुर गाउँपालिका — रु. ४८ करोड ४४ लाख ३१ हजार, विष्णुपुर गाउँपालिका — रु. ४३ करोड ९४ लाख ५१ हजार , नवराजपुर गाउँपालिका — रु. ४३ करोड ८६ लाख ७५ हजार,लक्ष्मीपुरपतारी गाउँपालिका — रु. ४३ करोड ३४ लाख ५१ हजार,औरही गाउँपालिका — रु. ४० करोड ८२ लाख ९ हजार,नरहा गाउँपालिका — रु. ३८ करोड ८६ लाख ९५ हजार ,सखुवानन्कारकट्टी गाउँपालिका — रु. ३७ करोड ४० लाख ४ हजार

यस वर्ष सबै स्थानीय तहहरूले कानुन बमोजिम असार १० भित्र बजेट सार्वजनिक गरेका छन् । अधिकांश पालिकाहरूले बजेटमा सामाजिक सुरक्षा, युवा लक्षित कार्यक्रम, कृषि उत्पादनमा वृद्धि, सडक तथा खानेपानी योजनाहरूलाई प्राथमिकता दिएका छन् ।

स्थानीय तहहरूको बजेट सार्वजनिकसँगै अब कार्यान्वयनका चरणहरू चुनौतीपूर्ण हुने भन्दै स्थानीय विकासकर्मीहरूले अनुगमन र पारदर्शिता सुनिश्चित गर्न स्थानीयवासी र सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राखेका छन् ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *