खुट्टी खोला सिंचाइ योजना जल उपभोक्ता समितिलाई प्रमाणपत्र हस्तान्तरण

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

लहान माघ १३ । जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, सिरहाको सामाजिक शाखाका अधिकृत विनोद कुमार गुप्ताज्यूले खुट्टी खोला सिंचाइ योजना जल उपभोक्ता समिति, लहान–१० लाई औपचारिक प्रमाणपत्र हस्तान्तरण गर्नुभएको छ।

प्रमाणपत्र ग्रहण कार्यक्रममा समितिका अध्यक्ष धर्मराज चौधरी तथा सदस्य शैलेन्द्र कुमार चौधरीको उपस्थिति रहेको थियो। प्रमाणपत्र हस्तान्तरण गर्दै अधिकृत गुप्ताले जल उपभोक्ता समितिले सिंचाइ योजनाको दिगो व्यवस्थापन, संरक्षण र सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो। साथै स्थानीय स्तरमै योजनाको स्वामित्व र प्रभावकारी सञ्चालन सुनिश्चित गर्न समितिको सक्रियता आवश्यक रहेको बताउनुभयो।

खुट्टी खोला सिंचाइ योजना जल उपभोक्ता समितिको पदाधिकारीहरूमा अध्यक्ष धर्मराज चौधरी, उपाध्यक्ष पविना कुमारी सिन्हा, कोषाध्यक्ष बविता कुमारी ठाकुर तथा सचिव राम शरण यादव रहनुभएको छ।

त्यसैगरी समितिका सदस्यहरूमा धुरण यादव, ऋषिकेश महतो, शैलेन्द्र कुमार चौधरी, अनुराधा कुमारी चौधरी, अनिल कुमार चौधरी, जागेश्वर कामैत तथा सावित्री कुमारी चौधरी रहनुभएको छ। अनुगमन समितिको संयोजकमा राम विलास यादव रहनुभएको छ भने सदस्यहरूमा बद्रीनारायण चौधरी र विष्णु प्रसाद गुप्ता चयन हुनुभएको छ।

प्रमाणपत्र प्राप्तिसँगै खुट्टी खोला सिंचाइ योजनाको सञ्चालन र व्यवस्थापन थप सुदृढ हुने तथा स्थानीय कृषकहरूलाई नियमित र भरपर्दो सिंचाइ सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ।


Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनु भएको हुन सक्छ