गाउँ ब्लक नगर संघर्ष समिती द्वारा आज लहानमा मसाल जुलुस प्रदर्शन

तराई फिलिक्स सम्बादाता
२७ माघ आइतबार

सिरहा । सिरहाको लहानमा आज साँझ ६ बजे दुर्गा मन्दिरको अगाडिबाट मसाल जुलुस प्रदर्शन गरेका छन् ।सैयौँको सहभागीमा दुर्गा मन्दिरबाट निकालिएको मसाल जुलुस मालपोत कार्यालय अगाडि कोणसभामा परिणत भएको छ । उनीहरुले गाउँ ब्लक जग्गाको नापी, लालपुर्जा वितरण र जग्गा फुक्वा गर्न माग गरेका छन् ।

संघर्ष समितिका संयोजक अरुण केसीका अनुसार लहानका २४ वटै वडामा यो समस्या छ । समस्याले गर्दा हजारौं नगरवासीहरु ५० वर्ष भन्दा पहिलेदेखि पीडामा परेको संयोजक अरुण केसिले बताए ।

´यहाँ वर्षौंदेखि बसोबास गरेका स्थानीय बासिहरुको केही जग्गा गाउँ ब्लकमा छ । केहीलाई लालपुर्जा पनि दिएको छ तर, रोका भएको हुँदा किनबेच र बैंकमा राखेर आफ्नो कामकाज पनि गर्न पाएको छैन भने केसीको भनाइ रहेको छ। गाउँ ब्लक जग्गा समस्याको समाधान सरकारले चाडो फुकुवा नगरे पछि हामी आन्दोलन रोक्दैनौँ ।

मालपोत र नापी कार्यालयको ढिलासुस्तीले गर्दा अहिले सम्म यो समाधान हुन नसकेको कांग्रेस लहान नगर सभापति संजय यादवको भनाइ छ । हामी सबै पार्टीका राजनीति दलले जनताको जग्गाको समस्या समाधानका लागि आन्दोलनलाई समर्थन गरेको उनलेे बताए ।

हाम्रो वाडामा लगभग आधाभन्दा बढि मानिस हरुको गाउँ ब्लक जग्गामा घर हुदाँ उहाँहरु पीडामा देखेर आफ्नो मन कटक भयो जस्तो भएर आन्दोलनमा समर्थन गरेका छौ र मालपोतले पूरा डकुमेन्ट नपाठाएर यो काम अडकेको छ यसका लागि नगरपालिकाका प्रमुखलाई लिएर हामी केन्द्र सम्म जान तयार छौ भनेर  लहान-६ का वडा अध्यक्ष रमेश गौतले बताए । 

´गाउँ ब्लक जग्गा फुकुवा नहुदाँ नगरवासी समस्या छ । हामीले पटक पटक पहल गर्दा पनि दुर्त गतिमा काम नभएर समाधान हुन पाएको छैन र नगरबाट हुने सबै कामका लागि सहयोग गर्न तयार छौँ । मालपोत र नापी कार्यालयले यसमा ध्यान पुगाउनुपर्छ ।` यो समस्या समाधान गर्न सबै पक्ष लाग्नुपर्ने उनको भनाइ छ ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *