चौधरीको हत्यारामा संलग्न ९ जना पक्राउ ,सप्तरी प्रहरी द्वारा सार्वजनिक


१९ साउन । सप्तरीको सुरुङा नगरपालिकामा डाका समुहद्वारा गत जेठ २२ गते राति हत्या गरिएका कन्तलाल चौधरीको हत्यारामा संलग्न ९ जनालाइ घट्ना भएको दुई महिना पछि सप्तरी प्रहरीले सोमवार पक्राउ गरेर पत्रकार सम्मेलन मार्फत सार्वजानिक गरेका छन् ।

प्रहरीले घटनामा संलग्न ९ जना पक्राउ पर्नेमा सुरुङा नगरपालिका ८ का २७ वर्षिय राजेश कुमार मरिक, २८ वर्षिय संजय मरिक, बोदे बर्साइन नगरपालिका २ का २० वर्षिय दिपेन मरिक, खडक न।पा।।११ का ३४ वर्षिय हरिकिसुन मरिक, शम्भुनाथ .पा.८ का २४ वर्षिय दिपक मरिक, उदयपुरको बेलका न।पा।वडा नं।१ का २८ वर्षिय चन्दर मरिक, सप्तरीको संरुंगा ७ का ३३ वर्षिय राजु कुमार बि.क., सिराहाको लाहान न.पा.६ का ५२ वर्षिय महेन्द्र गोड्से र लहान ८ का ३८ वर्षिय उमेश साह सोनार रहेका छन् ।

पक्राउ परेकाहरू विरुद्ध डाँका तथा कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान गरिरहेको सप्तरी प्रहरीका प्रमुख प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिनु भयो ।

पक्राउ परेकाहरुबाट मृतकको घरबाट लुटिएको गरगहना सहित कटुवा पेस्तोल १ थान, त्यसमा प्रयोग हुने २ राउन्ड गोली र १ थान खुकुरी बरामद भएको प्रहरीले जनाएको छ ।
सम्मेलनमा उपस्थित भएका मधेश प्रहरीका प्रहरी प्रमुख डीआईजी उमा प्रसाद चतुर्वेदीले सफल अनुसन्धान गरि हत्यारा पक्राउ गर्ने सवैलाई धन्यवाद दिनुभयो ।

