जनमत पार्टीद्वारा लक्ष्मीपुर पतारीमा घरदैलो तथा कार्यकर्ता भेटघाट ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

२७ गते माघ लहान।सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिकामा जनमत पार्टीले घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम जनमत पार्टीका उम्मेदवार रास्वरुप चौधरीको नेतृत्वमा सञ्चालन गरिएको हो।   उक्त अवसरमा चौधरीले स्थानीय बासिन्दाको घरघरमा पुगेर अभिवादन गर्दै पार्टीका नीति, कार्यक्रम तथा भावी योजनाबारे जानकारी गराएका थिए।

घरदैलो क्रममा स्थानीयले भोग्दै आएका समस्या, आवश्यकता र अपेक्षाबारे उम्मेदवार चौधरीले प्रत्यक्ष रूपमा सुनेका थिए। शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे। “जनताको आवाजलाई नीति निर्माणसम्म पुर्‍याउनु नै जनमत पार्टीको मूल उद्देश्य हो,” उनले भने।

त्यसैगरी कार्यकर्ता भेटघाट कार्यक्रममा पार्टीका नेता–कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा संगठन सुदृढीकरण, चुनावी रणनीति तथा मतदाता सम्पर्क विस्तारका एकताबद्ध भएर जनताको विश्वास जित्नुपर्नेमा जोड दिएका थिए।

स्थानीय कार्यकर्ताहरूले जनमत पार्टीप्रति जनताको आकर्षण बढ्दो रहेको बताउँदै उम्मेदवार चौधरीको सक्रियता र सरल स्वभावले सकारात्मक सन्देश गएको प्रतिक्रिया दिएका छन्। कार्यक्रमले लक्ष्मीपुर पतारी क्षेत्रमा पार्टीको संगठन थप मजबुत हुने विश्वास लिइएको छ।


Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनु भएको हुन सक्छ