ड्रिम्स नेपाल हिमालया टुर एण्ड ट्राभल्स कृष्णनगरमा संचालन

अजय मिश्र
कपिलवस्तु , बैशाख २९

जिल्लाकाे प्रमुख बजार कृष्णनगरमा अहिले टुर ट्रभल्सका नयाँ व्यवसायी आकर्षित हुन लागेका छन ।
कृष्णनगरमा शान्ति सुरक्षा सुधार हुँदै गएकाले लगानीकाे वातावरण बन्दै गएकाे छ । अहिले नेपाल र भारत भ्रमण गर्न चाहने यात्रीहरुका लागि थुप्रै टुर एण्ड ट्रभल्स संचालनमा आएका छन ।


कृष्णनगर वडा २ काे मुख्य बजारमा सटही काउन्टर नजिकै नयाँ टुर एण्ड ट्रभल्स कम्पनी संचालनमा आएकाे छ। ड्रिम्स नेपाल हिमालया टुर एण्ड ट्राभल्स संचालनमा आएपछि अब नेपाल , भारत लगायत विश्वभरिका ट्रेन , हवाइजहाज , बस लगायतका सवारीसाधनकाे यात्रा टिकट पाइन्छ । कार्यालय समुुद्घाटन समाजसेवी सहिद खांले गर्नुभएकाे थियाे ।

विगत केही दिनदेखि कृष्णनगर बजारभित्र आधा दर्जनबढी टुर एण्ड टभल्स कम्पनीहरु सेवा दिदै आएका छन ।

