तेजुलाल चौधरीको घरदैलो कार्यक्रम अग्रता लिदै, काङ्ग्रेस लाई जिताउन जन्ता सङ अपिल ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

१५ फाल्गुन लहान।सप्तरी, क्षेत्र नं.–४ — नेपाली कांग्रेस बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार तेजुलाल चौधरीले यतिबेला आफ्नो चुनावी घरदैलो अभियानलाई तिव्र बनाएका छन्। विभिन्न गाउँ–टोलमा पुगेर उनले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै स्थानीय समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिइरहेका छन्।


घरदैलोका क्रममा चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र सडक पूर्वाधार लगायत बहुबर्षिय योजनालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले विगतका अनुभव र योजनालाई प्रस्तुत गर्दै क्षेत्र नं.–४ को समग्र विकासका लागि आफू प्रतिबद्ध रहेको बताए।


मतदातासँग कुराकानी गर्दै उनले लोकतान्त्रिक मूल्य–मान्यता सुदृढ गर्दै स्थिर र उत्तरदायी नेतृत्व आवश्यक रहेको धारणा राखे। “जनताको विश्वास नै मेरो मुख्य शक्ति हो, त्यसैले विकास र समृद्धिका लागि मलाई सहयोग गर्नुस्,” भन्दै उनले आगामी निर्वाचनमा सहयोग र समर्थनका लागि आग्रह गरे।


घरदैलो अभियानमा स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता देखिएको छ। अभियानका क्रममा विभिन्न स्थानमा स्वागत तथा अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको छ। चुनावी माहोल तातेसँगै क्षेत्र नं.–४ मा राजनीतिक गतिविधि बढ्दै गएको छ। उम्मेदवार चौधरीले आगामी दिनमा थप सशक्त कार्यक्रममार्फत जनतासँग निरन्तर सम्पर्कमा रहने बताएका


Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनु भएको हुन सक्छ