थारु कथानक लघु फिल्म “लैहरा”को छयांकन शुरु

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सिरहा ,१८ भदौ। सप्तरीको सुरुङ्गा नगरपालिका ८ मा अवस्थित मुसहरनीया मन्दिरको प्रांगणमा नारी कथामा आधारित थारु लघु चलचित्र लैहरा (माईतीघर) को छायांकन शुरु भएकोे छ ।
थारु महिलाले विवाह पश्चात् चाडपर्वको बेला माईती घरमा जाँदा गरिने क्रियाकलाप र विवाह पश्चात् आउने परिवर्तन तथा मनोभावनालाई समेटिएको वताइएको छ ।


थारु कल्याणकारी सभाका कन्द्रीय सदस्य शिव नारायण चौधरी शिवाको निर्देशन रहेको उक्त लघु चलचित्रको मुख्य निर्माता जसो कुमारी चौधरी र सह निर्माता मिहिललाल चौधरी र रतन कुमारी रहेकी छन् ।
लैहरा चलचित्रमा गित संगित हरेकृष्ण चौधरी फेकुवा चम्काको रहेको छ भने स्वर हरेकृष्ण चौधरी र भारतका सुधा सुमन रहेको छ । संगित संयोजन भारतका शिवम लाल यादवले गर्नु भएको छ ।


नारीको कथामा आधारीतमा थारु लघु चलचित्र लैहरामा हरेकृष्ण चौधरी फकुवा चम्का, आँचल चौधरी चम्की, चन्द्रकुमारी चौधरी, अनुभक्त चौधरी, मिहिलाल शिव चौधरी, प्रमोद चौधरी तथा अतिथी कलाकारहरुमा अधिकलाल यादव र भारतका सोनु राज रहेको वताइएको छ ।


थारु चलचित्र लैहरा भदौको २० गते विभिन्न स्थानमा च्यारेटी शो गर्ने गरी चलचित्र निर्माण भइरहेको वताइएको छ । उक्त चलचित्र फोकस सिने आर्ट युट्युव च्यनेलमा राखिने निर्माताहरुले जनाएको छ ।


Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनु भएको हुन सक्छ