दोस्रो सुरुङा मेयर गोल्ड कप फुटबल प्रतियोगिता उद्घाटन समपन्न।

तराई फिलिक्स
चैत्र २४ आइतबार

सप्तरी सम्बादाता:- प्रमोद थारु
सिस्वारी कल्बको आयोजना र सुरुङा नगरपालिकाको सहकार्यमा दोस्रो सुरुङा मेयर  गोल्ड कप सम्पन्न भएको छ।


         सुरुङा नगरपालिकाका नगर प्रमुख गिता चौधरीको अध्यक्षतामा भएको खेलमा प्रमुख अतिथि श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले ब्यानर पढेर र बल ह्स्तस्न्तरन गरेर खेलको उद्घाटन गरेको थियो।


     विशिष्ट अतिथि सुरुङा न पा का नगर उप प्रमुख रुद्र बहादुर कार्की, वडा १ का अध्यक्ष क्षत्र बहादुर राउत, वडा २ का अध्यक्ष अर्जुन राज खपाङी, वडा ३ का अध्यक्ष किरण पोख्रेल,वडा ४ का अध्यक्ष देबेन्द्रे चौधरी, वडा ८का अध्यक्ष श्याम साह, वडा ११ का अध्यक्ष  राम कुमार चौधरी,पुर्बाअञ्चल खेलकुब बिकास समितिको पुर्ब उपाध्यक्ष शिव नरायण( शिबा) थारु  कार्यपालिका सदस्य हिरा चौधरी,त्रियुगा न पा वडा ६ का अध्यक्ष योगेन्द्र कुमार दाहाल,सिस्वारी कल्बका अध्यक्ष समीर अधिकारी,नगर प्रमुखको स्वकीय चन्द्र भुषन चौधरी,शिक्षा शाखा प्रमुख हिरा लाल राना, स्वास्थ शाखा प्रमुख दशन चौधरी, समाजसेबि सितल चौधरी, समजसेबि कृती नन्द चौधरी,धन बाहादुर पुलामी मगर,सन्तोष बोहोरा, सन्जिब राउत,बिनोद सुवेदी,राजेन्द्र साह,सुजित चौधरी ,शिव दाहाल लगायातका अतिथिहरु रहेको थियो।

पहिलो दिनको उदघाटन खेल सुन्सरीको मधेसा र उदयपुरको बेल्टार बिच भएको खेलमा ० को बिरुद ३ गोलले सुन्सरी मधेशा बिजय भएको छ।

खेलको २ मिनेटमै मधेशाका सुन्सरीका जर्सी न:-७ का  अनिश धामीले १ गरेको थियो भने खेलको २२ मिनेटमै मधेशाका अनिश  धामीले दोस्रो गोल गर्न सफल भएको थियो।खेल अबधीमा आफ्नो राम्रो खेल देखाऐर मध्यन्तर पछि तेस्रो गोल गरि अनिश धामी हाइस्कोरर भएको थियो।

वडा १ का वडा अध्यक्ष क्षत्र बाहादुर कार्कीले  स्वागात मान्तव्य राख्नु भएको उक्त कार्यक्राममा प्रमुख अतिथिले आफ्नो मन्तव्य सहित सुरुङा नगरपालिकालाई खेलकुदको लागि सहयोग गर्ने प्रतिबधता जनाउनु भयो

कार्यक्रम सन्चालन पुर्व प्र.अ.कमल सेन्चुरीले गर्नु भएको थियो भने भोलीको खेलमा दुधौली स्पोर्ट कल्ब सिन्धुली र तालतलैया फुट्बल कल्ब इटहरी सुन्सरीको बिच खेल हुने सिस्वारी कल्बको अध्यक्ष समीर अधिकारीले जानकारी दिनु भयो

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *