दोस्रो सुरुङा मेयर गोल्डकप २०८१ को फाइनल खेल सम्पन्न।


चैत्र ३० शनिबार सप्तरी सम्बाददाता प्रमोद थारु
दोस्रो सुरुङा गोल्ड्कपको आज फाइनल खेल सम्पन्न भएको छ।गोलबजार स्पोर्ट कल्ब गोलबजार सिरहा भर्सेस आयोजक सुरुङा सप्तरी बिच भएको खेलमा ० को बिरुद्ध १ गोलले गोलबजार बिजय भएको छ।

समापन खेलमा सुरुङा नगरपालिकाका नगर प्रमुख गिता चौधरीको अध्यक्षता रहेको खेलमा प्रमुख अतिथि मधेसका भुमी व्यबस्था तथा कृषि सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले ब्यानर पढेर तथा बल हस्तान्तरण गरेर फाइनल खेलको उद्घाटन गर्नु भएको छ।


समापन खेलमा विशिष्टअतिथी पुर्व नगर प्रमुख मुक्ती चौधरी वडा १ का अध्यक्ष क्षत्र बहादुर राउत वडा ४ का अध्यक्ष देबेन्द्र चौधरी, समाजसेबि सितल चौधरी,सिस्वारी क्याम्पस प्रमुख कृष्ण तिम्लिसिना,स्वास्थ्य शाखा प्रमुख दसन चौधरी, सिस्वारी कल्बका अध्यक्ष समीर खत्री, धन बहादुर पुलामी, राकेश चौधरी, शिव दाहाल, ईलाका प्रहरी कार्यालय भेडियाका प्रमुख लगायातका अतिथीहरु रहेको थियो।


दुबै टिमको खेल प्रतिस्पर्धात्मक भएपनि मध्यान्तर आगाडी कुनै टिमले गोल गर्न सकेको थिएन।खेल को ३७ औ मिनेट तथा मध्यान्तरको २ औ मिनेटमा गोलबजारका खेलाडी जर्सि नँ. १४ का डिकेस लामाले गोल गरि फाइनल खेल जित्न सफल भएको छ भने आजको खेलमा म्यान अफ दि म्याच भएको छ। सुरु देखि फाइनल सम्म राम्रो खेल देखाइ हाइ स्कोररमा गोल बजारकै अनिल पाची मगर भएका छन।

सुरुङ्गा टिमबाट उदयमान खेलाडी अभि जर्जा मगर भएका छ्न भने उत्कृष्ट डिफेन्सर रबि राखेल भएका छ्न उत्कृष्ट खेलाडी गोलबाजर टिमकै नरेश राय भएको छ भने उत्कृष्ट गोलकिपर गोलबजारकै सागर राय भएका छ्न।
दोस्रो सुरुङा गोल्ड कपको प्रथम रासी १ लाख १ हजार १ सय ११ र दोस्रो ५० हजार ५ सय ५५ रहेको थियोे ।
उक्त कार्यक्रमको सन्चालन चन्द्र कला खनालले गर्नु भएको थियो

