धनगढीमाईको बावुराम खोलामा लुगाले बेरिएको नवजात शिशु फेला

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

२८ साउन लहान। सिरहा जिल्लाको धनगढीमाई नगरपालिका–१० को बाबुराम खोलाको पुल नजिकै लुगाले बेरिएको अवस्थामा एक नवजात शिशु मृत फेला परेको छ।

आइतबार बिहान खोलाको पूर्वी किनारमा शिशु देख्नेबित्तिकै स्थानीयले इलाका प्रहरी कार्यालय धनगढीलाई खबर गरेका थिए। सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय धनगढीका प्रमुखले जनाए।
घटना पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने पुल नजिकै भएको हो। “यो अति संवेदनशील घटना हो, किन र कसले यस्तो गरे भन्नेबारे अनुसन्धान अघि बढाइरहेका छौं,” प्रहरीले भन्यो।


शिशु फालिएको खबरले स्थानीयवासी स्तब्ध बनेका छन्। कतिपयले यसलाई समाजमा बढ्दो संवेदनहीनताको उदाहरण बताउँदै दोषीलाई कारबाहीको माग गरेका छन्। प्रहरीले घटनाबारे प्रत्यक्षदर्शी तथा वरिपरिको क्षेत्रमा सोधपुछ सुरु गरेको छ।

यस्ता घटनालाई लिएर धेरैनै स्थानियका टीका टिप्पणी भैरहेको गुनासो छ यो भन्दा अगाडी पनि जिरोमाइलको मेडिसिटी होस्पिटलको पश्चिममा रहेको मन्दिरको प्रागन्मै एक नवालिका यसरीनै फ्यालेका थिए । त्यस कारण  यी घटनालाई लिएर सम्बन्धित निकायको ध्यानाकर्षण होस स्थानियको भनाइ छन् ।


Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनु भएको हुन सक्छ