पिडित द्वारा लहान शाखा कृषि बिकास बैंकको अगाडि हाइवे जाम,अवस्था तनावग्रस्त ।
तराई फिलिक्स २५ पुष विहिबार
लहान। कृषि विकास बैंक लहान शाखाले प्रक्रिया नै छलेर जग्गा लिलाम गरेको भन्दै स्थानीय आन्दोलित भएका छन् । स्थानीयहरूले लहानस्थित पूर्वपश्चिम राजमार्ग नै अवरुद्ध पारेका छन भने स्थानिय हरु आन्दोलित बनेका हुन् ।
उनीहरूले बिहीबार बिहान ११ बजेदेखि चक्काजाम गरेका हुन् र त्यसपछि प्रहरीले बल प्रयोग गरि पिडित रामचन्द्र यादब र उनकी पत्निलाइ घिसार्दै रोड देखि तल सम्म ल्याएर चक्काखोलेका छन् ।
आन्दोलनका क्रममा स्थानिय र प्रहरीबीच झडप पनि भएको छ । झडपमा एकदर्जन भन्दा बढी स्थानिय / आन्दोलनकारीलाई चोटपटक लागेको छ भने १५/२० बढी प्रहरी पनि घाइते भएका छन् भने सोहि क्रममा १० राउन्ड अश्रुग्यास र ४ राउन्ड हवाई फायर भएका जिल्ला प्रहरी कार्यालय, सिराहका प्रवक्ता डीएसपी पासवानले बताए।
लहान नगरपालिका वडा-२ का स्थानीय किसान रामचन्द्र यादवले पूर्वपश्चिम राजमार्गमा टाँसिएको सिंगराही चौकको ७ धुर जग्गा धितो राखी २०७७ फाल्गुन १५ गते ३० लाख रुपैयाँ ऋण लिएका थिए । रामचन्द्रका अनुसार, गत मंसिरसम्ममा किस्तामा १९ लाख ९२ हजार ७७३ रुपैयाँ तिरिसकेका छन् ।
तैपनि आफ्नो जग्गा कर्मचारीले थाहै नदिई गुपचुप रूपमा लिलाम गरेको पिडितको भनाइ छ । उनका अनुसार, अहिले मेरो जग्गाको मूल्य करिब पौने दुई करोडको छ । तर, बैंकले ३५ लाखमै लिलाम गरिदिइ आद्नै मन्छेको नाममा पास गरेको छ” उनी बताउँछन् । यस विषयमा रामचन्द्र करिब एक महिनादेखि बैंक धाइरहेका छन् । तर, सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिएको उनको भनाइ छ ।