प्रधानाध्यापक चौधरीका छोरा गौरवले गरे विद्यार्थी लाई स्विटर वितरण

कृष्णानगर, कपिलवस्तु, मंसिर २९
कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिकाका वडा नं १० मा रहेको श्री नेत्र ज्योति माध्यमिक विद्यालय सौनहवाका बालविकास देखि कक्षा ५ सम्मका आर्थिक अवस्था कमजोर भएका १२५ जना विद्यार्थी लाई जाडो बढेकाले एक कार्यक्रम बिच स्विटर वितरण गरिएको छ।
कार्यक्रमका अध्यक्षता सोही विद्यालयका विद्यालय व्यवस्थापन समितका अध्यक्ष वृजेश कुमार चतुर्वेदीले गरेका थिए, प्रमुख अतिथिमा कृष्णानगर नगरपालिकाका प्रवक्ता तथा वडाध्यक्ष हरिपाल चतुर्वेदी रहेका थिए।

कार्यक्रममा नेत्र ज्योति माध्यमिक विद्यालय सौनहवाका प्रधानाध्यापक जय प्रकाश चौधरीका श्रीमती गीता चौधरी तथा उनका छोरा गौरव चौधरीले शिक्षक हरूको सहयोगमा स्विटर वितरण गरिएको थियो।

प्रधानाध्यापक चौधरीका छोरा गौरव अध्ययनका क्रममा आस्ट्रेलिया बसोबास गर्दै आएका र मानवीय सेवा सबै भन्दा महत्वपूर्ण रहेकाले आर्थिक अवस्था कमजोर भएका विद्यार्थी लाई बुवा जय प्रकाश चौधरीको प्रेरणाले स्विटर वितरण गरिएको बताए।

कार्यक्रममा बोल्दै प्रवक्ता चतुर्वेदीले मानवीय सेवा राम्रो पहल रहेको तथा स्विटर पाएका विद्यार्थीहरू खुसी रहेको बताउदै प्रधानाध्यापक चौधरी तथा उहांका परीवार प्रति हार्दिक कृतज्ञता व्यक्त गरे।

कार्यक्रममा विद्लयका शिक्षक संजय कुमार पाण्डेय बब्बु चौधरी, प्रियंका पाण्डेय, घनश्याम चतुर्वेदी, विजय ठाकुर, शिव बेल्वासे , राम कुमार चौधरी, राम दिन यादव लगायत शिक्षक तथा विद्यार्थी हरूको उपस्थितमा स्विटर वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
श्री नेत्र ज्योति माध्यमिक विद्यालयका शिक्षक श्री कृष्ण अधिकारीले कार्यक्रम संचालन गरेका थिए।
