बोदेबर्साइन -७ मा जन्ताको घर घरमा पुगेर समस्या बुझ्दै पुर्व मन्त्री तेजुलाल चौधरीले ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

१ फाल्गुन लहान। सप्तरीको बोदेबर्साइन नगरपालिका–७ हैंठी, फुलहारा, मानराजा र बगबिरा क्षेत्रमा नेपाली काङ्ग्रेस पार्टी सप्तरी -४ का उम्मेदवार पूर्व मन्त्री तेजुलाल चौधरी जनताको घरघरमा पुगेर समस्या तथा गुनासा सुन्ने अभियानमा सक्रिय देखिएका छन्। घरदैलो कार्यक्रमअन्तर्गत उनले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै खानेपानी, सडक स्तरोन्नति, कृषि सिँचाइ, शिक्षा र स्वास्थ्य सेवासम्बन्धी समस्या बारे जानकारी लिएका हुन्।


स्थानीयले दैनिक जीवनमा भोग्नुपरेका अप्ठ्याराहरू खुलस्त रूपमा राख्दै समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए। सो अवसरमा चौधरीले जनताका सुझावलाई प्राथमिकताका साथ सम्बोधन गर्दै आवश्यक निकायसँग समन्वय गरी समस्याको समाधानतर्फ अग्रसर हुने प्रतिबद्धता जनाए।

स्थानीय युवा कार्यकर्ता  यादवले नेता चौधरीको भूमिकाको खुलेर प्रशंसा गरे। उनले भने, “हामी अत्यन्तै खुशी छौं। कांग्रेसका नेता चौधरीले यस क्षेत्रमा खेलेको भूमिका युवा पुस्ता र यहाका जन्ताले कहिल्यै बिर्सिने छैन।

उनले जनतासँगको प्रत्यक्ष संवाद नै लोकतन्त्रको आधार भएको उल्लेख गर्दै विकास निर्माणका कामलाई तीव्रता दिन आफू निरन्तर लागिरहने बताए। कार्यक्रमले स्थानीयमा उत्साह थपेको सहभागीहरूले बताएका छन्।


Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनु भएको हुन सक्छ