राउ स्मारक अस्पतालमा लापरबाहीले बिरामीको मृत्यु, पीडित परिवारद्वारा क्षतिपूर्ति र कारबाहीको माग

जेठ ९ लहान । सिरहा जिल्लाको लहानस्थित राउ स्मारक अस्पतालमा डाक्टरहरूको लापरबाहीका कारण सप्तरी पंसेराका एक बिरामीको मृत्यु भएको पीडित परिवार प्रमोद चौधरीको आरोप छ । पीडित पक्षले समयमा उपचार नपाउँदा ज्यान गएको बताउँदै अस्पताल प्रशासनविरुद्ध क्षतिपूर्ति र दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।


मृतक प्रमोद चौधरीको बुवा सप्तरी खड़क नगरपालिका वडा नम्बर ४ निवासी ७० वर्षीय महि नारायण चौधरीका मृत्यु भएको हो । उनको उपचारका लागि शुक्रबार बिहान करिब ९ बजे अस्पताल ल्याइएको थियो। तर अस्पतालमा भर्ना प्रक्रियामा दुई घण्टा ढिलाइ गरिएको र समयमै उपचार नपाउँदा उनको मृत्यु भएको छोरा चौधरीको आरोप छ।
छोरा प्रमोद चौधरीको अनुसार “हामी बिहानै बिरामी लिएर आएका थियौँ, तर डाक्टरहरू समयमा आएनन् । भर्ना गर्नमै ढिलाइ गरियो। उपचार नै नगरी बुवाले ज्यान गुमाउनु पर्यो,” मृतकका छोरा प्रमोद चौधरीले भने, “हामी न्याय चाहन्छौं। अस्पतालको लापरबाहीका कारण बाबुको मृत्यु भयो।”
उनीहरूले अस्पताल प्रशासनबाट क्षतिपूर्ति र घटनामा संलग्न चिकित्सकहरूलाई कारबाही गर्न माग गरेका थिए ।घटनापछि अस्पतालमा सुरक्षाकर्मीहरूको उपस्थिति बढाइएको छ भने शान्ति सुरक्षा कायम राख्न इलाका प्रहरी कार्यालय लहानले अवस्था अनुगमन गरिरहेको जनाएको छ।


मृतकको शव नउठाउने भने पनी लापरवाही गर्ने स्वास्थ्यकर्मीलाई कानूनी कारवाही गर्ने सम्झौता शब करीब साझ ७ बजे परिवारले लगेको पीड़ितले बताएका ।
पीडित परिवारको माग र अस्पताल प्रशासनको जवाफसँगै यो घटना स्वास्थ्य सेवा क्षेत्रमा देखिएको लापरबाहीको पछिल्लो उदाहरण बनेको छ। नागरिकस्तरमा पनि स्वास्थ्यसंस्थाहरूको जवाफदेहीतामाथि प्रश्न उठ्न थालेको छ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनु भएको हुन सक्छ