लहानबाट १९३ बोतल लागू औषध सहित १ (एक) जना मानिस पक्राउ

२१ गते जेठ लहान । जिल्ला सिरहा लहान नगरपालिका वडा नं.४ कुमाल टोल स्थित मिति २०८२ जेठ २० गते अं. १०:३० बजेको समयमा मोटरसाईकलमा ए एक जना  ‘पुरुष व्यक्तिले लागुऔषध बोकि गईरेहको भन्ने गोप्य स् सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय लहान सिराहाबाट संयुक्त प्रहरी टोली खटीगई उक्त मोटरसाईकललाई पछ्याउने क्रममा लहान नगरपालिका वडा नं. ४ कुमाल टोल स्थितमा स ५ प ७४३ नं को मोटरसाईकल र जुटको बोरा फालि फरार भएकोमा उक्त बोरा खोलि हेरदा निलो रड़गको प्लाष्टिक भित्र “ONEREX SYRUP 100 ML” लेखिएको (एक सय तिरानन्बे ) बोतल लागु औषध फेला परेकोमा उक्त लागु औषध र मोटरसाईकल नियन्त्रणमा लिईं इलाका प्रहरी का्ालय लहान सिराहामा ल्याइ अनुसन्धान कार्य भईरहेको र मोटरसाईकल चालक तत्काल फरार भएकोमा खोजतलास तथा पहिचान गर्नं क्रममा जिल्ला सिरहा लहान नगरपालिका वडा नं.१९ बस्ने बर्षं २२ को मो. नसल हो भनि बु्झिन आएकोमा निजलाई खोज तलास गरने क्रममा निज मो. नसरललाई मिति २०८२ जेठ २० गते २ : ३० बजेको समयमा जिल्ला सिरहा लहान नगरपालिका वडा नं.०७ स्थित लहान बजारबाट फेला पारी पहिचान गरी कानुन बमोजिम पक्राउ गरी सम्मानित सिरहा जिल्ला अदालतबाट दिन ५ (पाँच) को म्याद लिई इलाका प्रहरी कार्यालय लहान सिरहाबाट अनुसन्धान कार्य भईहेको जिप्रका सिरहाले जनाएको छ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *