लहानबाट ४४३ बोतल ONEREX लागूऔषध सहित दुई जना पक्राउ।

२४ गते बैशाख लहान । सिरहाको लहान नगरपालिका-१७ बलान खोलाको छेउबाट प्रहरीले दुई जनालाई 
लागूऔषधसहित पक्राउ गरेको छ।

प्रहरीका अनुसार उनीहरुको साथबाट १०० एमएलको ४४३ बोतल ओनरेक्स नामक लागूऔषध बरामद गरेका छन् । उनीहरु भारतीय बजारबाट लागूऔषध खरिद गरि लहान बजार आइरहेको गोप्य सुचनाको आधारमा जानकारी पाएपछि प्रहरीले चेकजाँच गर्ने क्रममा टाउको र पिठ्युँमा बोराको पोका बनाएर बोकेकै अवस्थामा उनीहरु पक्राउ परेका छन् ।

लहान नगरपालिका-१५ का २१ वर्षीय सन्तोषको साथबाट १२० बोतल, वडा-१६ का २२ वर्षीय जितेन्द्र यादव बाट १२० बोतल, लुकाएर राखेको एउटा बोराको पोकाबाट ११३ र अर्कोबाट ९० बोतल गरि ४४३ बोतल लागूऔषध बरामद भएको हो ।

पक्राउ पर्नेहरुको साथबाट प्रहरीले म.प्र.०१-००४प ५९८५ र स ३ प १७२ नम्बर भएको दुई थान मोटरसाइकल पनि नियन्त्रणमा लिएका छन् । मोटरसाइकल, बरामद लागूऔषध र पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय लहानमा राखि थप अनुसन्धान भइरहेको जिप्रका सिरहाले जनाएको छ। 

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनु भएको हुन सक्छ