लहानस्थित सहिद स्मारक व्यवस्थापनमा ढिलाइ र कथित षड्यन्त्रप्रति जनता समाजवादी पार्टी (जसपा) नेपालको आपत्ति


१४ गते बैशाख लहान। पुर्व पश्चिम लोकमार्ग विस्तारको क्रममा जिल्ला सिरहाको लहानस्थित सहिद स्मारक व्यवस्थापनमा ढिलाइ र कथित षड्यन्त्रप्रति जनता समाजवादी पार्टी (जसपा) नेपालले आपत्ति जनाएको छ। पार्टीले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै सडक निर्माण कम्पनी, लहान नगरपालिका र केही राजनीतिक नेतृत्वहरूलाई स्मारक सम्बन्धी छलफलका निर्णयहरू अवमूल्यन गर्ने षड्यन्त्रमा संलग्न भएको आरोप लगाएको हो।
“मधेश आन्दोलनका सहिदहरूको सम्मान र पहिचानको प्रतीक स्वरूप रहेको स्मारकको उचित व्यवस्थापन नहुनु दु:खद कुरा हो,” जसपा लहान नगर कार्य समितिका द्वारा विज्ञप्तिमा उल्लेख छ। उनले सडक निर्माणका क्रममा सहिद स्मारक हालको स्थानमै जोगाएर निर्माण कार्य अघि बढाउन माग गरेका छन्।

दुई वर्षअगाडि देखि सर्वपक्षीय छलफलमार्फत निर्णय गरिए पनि अहिलेसम्म स्मारक व्यवस्थापनमा ठोस पहल नदेखिएको जसपाको आरोप छ। विज्ञप्तिमा स्मारक स्थानान्तरणका प्रयासप्रति कडा असन्तोष प्रकट गर्दै महतोले भनेका छन्, “यदि हाम्रो माग बेवास्ता गरियो भने, जसपा बाध्य भएर स्वभिमान आन्दोलनमा उत्रन सक्छ।”
एक नेताले भने शहिदको पार्क ब्यबस्थित नगरी चाइना कम्पनीले तोडने कोसिस गरेभने हामी यसको बिरोधमा उत्रीने छौ।

पार्टीले लहानवासी, राजनीतिक दल, संघसंस्था, बुद्धिजीवी, युवा तथा किसानहरूलाई सहिद स्मारक रक्षा गर्न एकताबद्ध हुन आह्वान गरेको छ। जसपाले आन्दोलनबाट उत्पन्न कुनै पनि परिस्थितिको जिम्मेवारी नेपाल सरकार र निर्माण कम्पनीले लिनुपर्ने चेतावनीसमेत दिएको छ।