सखुवाननकारकट्टि -१ मौवाहीमा दोस्रो वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८१ आजदेखी शुरु

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तराई फिलिक्स सम्बादाता
२३ गते चैत्र शनिबार

लहान । सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाही स्थित मौवाही नमुना माध्यमिक विद्यालयको खेल मैदानमा दोस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ को उद्घाटन समारोह भव्यताका साथ सम्पन्न भएको छ।
उद्घाटन समारोहमा बोल्दै वडा अध्यक्ष संजय कुमार यादवले कुलतमा फसेका युवाहरुलाई सही मार्गतर्फ डोर्याउन खेलकुदलाई सबैभन्दा प्रभावकारी माध्यम भएको बताए ।

प्रतियोगिताको पहिलो दिनको उद्घाटन खेल सप्तरीको सुरुङ्गा कुशहा स्पोर्ट र सिरहाको धनगढीमाई नगरपालिका बीच सम्पन्न भयो । दुवै टिमबीचको खेल निकै रोमाञ्चक रहेको दर्शक सन्तोष यादवले बताए ।
प्रतियोगिताको फाइनल खेल चैत्र ३० गते सम्पन्न हुने तय गरिएको छ भने चैत्र २९ गते महिला टिमबीच विशेष मैत्रीपूर्ण खेल आयोजना हुनेछ, जहाँ सिरहा र सप्तरीका महिला टिमहरू आमनेसामने हुनेछन्।
सिरहा सप्तरी गरी जम्मा ८ वटा टिमको सहभागिता र प्रथम टिमको लागि ४७ हजार नगद ट्रफी .तथा प्रमाण पत्र र द्धीतिय पुरस्कार नगद रु. २५ हजार ट्रफी र प्रमाण पत्र प्रदान गर्ने वडा अध्यक्ष यादवले बताए ।


Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनु भएको हुन सक्छ