सतौन स्मृति ट्रस्ट द्वारा संचालित नगर स्तरीय फुटबल प्रतीयोगिता सम्म्पन।

सप्तरी माघ १७ प्रमोद थारु
सतौन स्मृति ट्रस्ट द्वारा सन्चालित खडक नगरपालिका वडा स्तरीय फुट्बल प्रतीयोगिता २०८२ को फाइनल खेल सप्पन्न भएको छ।


सतौन स्मृति ट्रस्टको जिल्ला अध्यक्ष सुर्या नारायण चौधरी ज्युको अध्यक्षतामा भएको खेलमा प्रमुख अतिथी राष्ट्रिय खेलकुद बोर्ड परिषदका सदस्य आनन्द झा, बिशिस्ट अतिथी भारतोलन केन्द्रिय अध्यक्ष कानन चौधरी,क्यान सदस्य दुर्गा नन्द चौधरी,ऐथलेटिक्स केन्द्रिय सदस्य ज्याबुल मिया,खडक ३ का वडा अध्यक्ष देब नारायण चौधरी, खडक १० का वडा अध्यक्ष राजेन्द्र प्रसाद चौधरी, समाजसेबि पुर्ब क्षेत्रपाल मटुक लाल चौधरी नेपाल पत्रकार माहासंघका केन्द्रिय सदस्य राजु बिश्व्कर्मा, स्वास्थकर्मी जिब नारायण चौधरी, बिनोदानन्द चौधरी लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।

फाइनझेल खडक ४ र खडक र खडक २ बिच भएको थियो खेल सुरु भएको २५ मिनेटमा खडक ४ ले १ गोल गरि अग्रता लिएको थियो।खेल अबधि सम्म खडक २ ले गोल फर्काउन नसकेपछी खडक ४ ले बिजय हासिल गर्यो।

खेलको प्रथम रासी रु ४१००० र दोस्रो रासी रु ३१००० रहेको थियो खेल अब्धिभरी राम्रो खेल प्रदर्सन गरि खडक ४ कै श्याम कुमार चौधरी म्यन अफ दि म्याच भएको थियो ।
कार्यक्रमको सन्चालन आपाङ संघका जिल्ला अध्यक्ष बिरेन्द्र प्रसाद चौधरीले गर्नु भएको थियो ।

