सप्तरी निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत धनगढी, गौरा र सारसर क्षेत्रमा यतिबेला चुनावी माहोल तातिएको छ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

लहान ५ फाल्गुन । सप्तरी निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत धनगढी र गौरा सारसर क्षेत्रमा यतिबेला चुनावी माहोल तातिएको छ। यसैक्रममा तेजुला चौधरी नेतृत्वको घरदैलो अभियान तीव्र रूपमा सञ्चालन भइरहेको छ।
नेपाली काङ्ग्रेसका नेता तथा पूर्व मन्त्री चौधरी मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो कार्यकालका उपलब्धि र आगामी योजनाबारे जानकारी गराइरहेका छन्।


घरदैलो अभियानकै क्रममा एक स्थानीयले पूर्व मन्त्री चौधरीलाई खुलेर प्रश्न गरे। ती स्थानीयको प्रश्न थियो, “चुनाव नजिकिँदा नेता कार्यकर्ता लिएर गाउँ–गाउँमा भोट माग्न आउनुहुन्छ, जितिसकेपछि अनुहारै देखाउनुहुन्न। हामीले समस्या कसलाई सुनाउने ?” स्थानीयको यो प्रश्नले उपस्थित भीडमा केही समय सन्नाटा छायो।

आफ्नो कार्यकालमा गरेका विकास योजनाबारे स्पष्ट पार्दै चौधरीले भने, “कल्याणपुर–गाईघाट सडकको बजेट मैले नै पारेर रेडबुकमा राखेको हुँ,त्यसतै कुशहा बेल्ही ,कदमा परमानपुर टिकुलिया र कल्याणपुर बनौला बनौलि हेर्न सक्नुहुन्छ।” उनले सो सडकको महत्व उल्लेख गर्दै यसले सप्तरीको महेन्द्र हाइवे देखि हुलाकी राजमार्ग र छिमेकी जिल्ला उदयपुर बीचको आवागमन सहज बनाउने दाबी गरे।


प्रश्नको जवाफ दिँदै पूर्व मन्त्री चौधरीले लचिलो र संयमित प्रतिक्रिया दिए। उनले भने, “जनताले उठाएको प्रश्न जायज हो। नेता जनतासँग सधैं जोडिनुपर्छ। म सधैं क्षेत्रकै विकासका लागि काठमाडौं र मन्त्रालयमा पहल गर्दै आएको छु। कतिपय काम देखिन्छन्, कतिपय प्रक्रियामा हुन्छन्।”

त्यस्तै उनले यी सडकले ग्रामीण बस्ती उदयपुरलाई मुख्य सडक सञ्जालसँग जोड्न महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ।

चौधरीले बोदेबर्साइन क्षेत्रमा शिक्षा र स्वास्थ्य क्षेत्रमा गरिएको लगानी पनि आफूले नै अघि बढाएको दाबी गरे।
धनगढी क्षेत्रमा भएको यो प्रत्यक्ष संवादले चुनावी माहोललाई थप चासोपूर्ण बनाएको छ। स्थानीयले उठाएको प्रश्न र पूर्व मन्त्रीको जवाफले नेता–जनता सम्बन्धबारे पुनः बहस सुरु भएको देखिन्छ। अब मतदाताले विकासका दाबी र प्रतिबद्धतालाई कत्तिको विश्वास गर्नेछन् भन्ने कुरा आगामी निर्वाचनले तय गर्नेछ।


“विद्यालय भवन निर्माण, शैक्षिक सामग्री व्यवस्थापन र स्वास्थ्य चौकी स्तरोन्नतिमा मेरो पहल थियो,” उनले भने। स्थानीय तहसँग समन्वय गरी विकास निर्माणका काम अघि बढाइएको उनको भनाइ थियो।
उनले थपे, “राजनीति केवल चुनाव जित्नका लागि होइन, जनताको विश्वास जित्नका लागि हो। म जितेपछि हराउने नेतामध्ये होइन, विकासका काममार्फत सधैं उपस्थित रहने प्रयासमा छु।”


घरदैलो अभियानमा सहभागी स्थानीयले आफ्ना समस्या—सडक स्तरोन्नति, रोजगारी, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार—बारे खुलस्त राखेका थिए। चौधरीले ती सबै मागलाई नोट गर्दै आगामी कार्यकालमा प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे।


Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनु भएको हुन सक्छ