सातौ मेयरकप फुटबलको फाइनल खेल सम्पन्न

सप्तरी माघ १५ प्रमोद थारु
शम्भुनाथ नगरपालिकाका मुख्य आर्थिक सहयोग र सन्यासी युवा कल्ब पोखरीया ८ सप्तरीको संयोजनमा ७औ मेयरकप फुट्बल प्रतीयोगिता सप्पन्न भएको छ।

खेलकुद सन्चालक समितीका अध्यक्ष श्री अमित कुमार चौधरीको अध्यक्षतामा भएको फाइनल खेलमा प्रमुख अतिथी शम्भुनाथ नागरपालिकाकी का.वा. नगर प्रमुख अनिता चौधरी रहेका छ्न प्रमुख प्रसासकिय अधिकृत विशिष्ट अतिथी दिनेश कुमार झाको रहेको उक्त खेलमा शम्भुनाथ न.पा का पुर्ब नगर प्रमुख योगेन्द्र प्रसाद चौधरी,वडा ८ का अध्यक्ष इन्द्रकान्त चौधरी, रामराजा प्रज्ञा प्रतिस्ठानका राजबिराजका अध्यक्ष डा.पशुपति चौधरी,लाहान प्राबिधिक शिक्षालयका पुर्ब प्रमुख राजेन्द्र प्रसाद चौधरी,शम्भुनाथ न.पा.१ देखि १२ सम्मका वडा अध्यक्ष हरु ,शिक्षा युबा तथा खेलकुद समितिका अध्यक्ष बिदुर बिक्रम थापा, लगायका अतिथी हरुको उपस्थिति रहेको थियो।

आजको फाइनल खेल सिन्धुलीको डकाहा र शम्भुनाथ फुटबल कल्व बिच खेल भएको थियो खेल ३५/ ३५ मिनेटको रहेको थियो उक्त खेलको मुख्य निर्णायक जय प्रकाश चौधरी, अजय चौधरी र प्रभु दास रहेका थिए भने फोर्थ मा धुब्र चौधरी रहेका थिऐ। ७ औ मेरय कपमा प्रथम रासी पुरुषकार रु ५७००५ र दोस्रो रासी पुरुस्कार ४७००५ रहेका छ्न।

दुबै टिमको खेल प्रतिस्पर्धात्म रहेको थियो खेलको १४ मिनेटमा शम्भुनाथ फुट्बल कल्बका खेलाडीले १ गोल गर्न सफल भएका थिऐ भने सिन्धुली डकाहाका तर्फबाट मध्यान्तरको ३४ औ मिनेटमा १ गोल गर्न सफल भइ दुबै टिम बराबर भएको थियो।खेल समय अबधिमा दुबै टिम बराबर भइ खेल पेलाइन्टिमा परिणत भइ २ को विरुद्ध ४ गोल गरि सिन्धुली बियय प्राप्त गरेको हो।खेल समय अवधीमा राम्रो खेल देखाइ सिन्धुलीका नवीन धामी उत्कृष्ट खेलाडी घोषित भएका थिए भने सिन्धुलीकै सुरेस सदा बेस्ट किपर घोषित भए ।

