सिरहाको औरहिबाट १०३ किलो लागुऔषध (गाँजा) सहित ९ जना मानिसहरु पक्राउ ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

१९ गते श्रावण लहान। जिल्ला सिरहा औरही गाउँपालिका वडा नं. ४ नयाँ कमलपुर गाउँ स्थितमा  मिति २०८२।०४।१७ गते अन्दाजी ०४:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटीएको अनुगमन टोलीले शंकास्पद अबस्थामा बोरा बोकी जादै गरेकोमा प्रहरी टोलीलाई देख्न साथ बोराहरु फालेर भाग्न खोजेको अबस्थामा निम्न स्थान बस्ने जिल्ला सिरहा गोलबजार नगरपालिका वडा नं.१ मुक्सार बस्ने बर्ष ४२ को जय राम जोशी ,सोही स्थान बस्ने बर्ष ३० को शिब कुमार सदा ,सोही स्थान बस्ने बर्ष २२ को कृष्ण सदा,सोही स्थान बस्ने बर्ष १८ को सुरज सदा ,जिल्ला सिरहा गोलबजार नगरपालिका बस्ने बर्ष १९ को पशुपति सदा,जिल्ला सिरहा गोलबजार नगरपालिका वडा नं.३ बस्ने बर्ष ३२ को जिबच्छ साह,जिल्ला सिरहा औरही गाउँपालिका वडा नं. ३ बस्ने बर्ष ४२ को राजिन्द्र यादब देश भारत जिल्ला मधुबनि कुमरखद ग्राम पञ्चायत वडा नं.१४ बस्ने बर्ष ३९ को बैजनाथ चौधरी देश भारत जिल्ला मधुबनि कुमरखद ग्राम पञ्चायत वडा नं.१४ बर्ष ३० को रमेश कुमार कामत सहित निम्न मानिसहरुलाई नियन्त्रणमा लिई उक्त बोरा खोली हेर्दा  लागुऔषध (गाँजा)  तौल गर्दा १०३ किलो ग्राम फेला पारी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई मिति २०८२ साउन १८ गते सम्मानित सिरहा जिल्ला अदालतमा पेश गरी दिन (७) को म्याद लिई अनुसन्धान कार्य भइरहेको जिप्रका सिरहाले जनाएको छ।


Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनु भएको हुन सक्छ