सिरहाको गोलबजारमा आफ्नै दाइलाई धारिलो हथियार प्रहार गरि ज्यान मार्ने भाइ पक्राउ ।


११ साउन लहान । जिल्ला सिरहा गोलबजार नगरपालिका वडा नं. २ पुरन्डी टोल स्थित झै- झगडा भइहेको छ भन्ने खवर प्राप्त हुन साथ तत्काल मिति २०८ २|०४|०८ गते अं.८;५५ बजेको समयमा
इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट प्रहरी टोली खटी गई हेर्दा सोही ठाउँ बस्ने बर्ष ३५ को लेला भन्ने मोतीराम सदा घाइते अवस्थमा रहेकोले उपचारको लागि प्रादेशीक अस्पताल लहान सिरहा पठाएकोमा उपचारको क्रममा निजको मृत्यु भएको, सोही घटनाको सम्बन्धमा अनुसन्धान गर्दा निज मृतकको भाई बर्ष २५ को भुटका भन्ने श्याम कुमार सदाले आफनै श्रीमती बर्ष १९ कि कौसिला देवी सदालाई कुटपिट गरी रहेकोले निज लेला भन्ने मोतीराम सदा झगडा छुटाउन गएकोमा भुटका भन्ने श्याम कुमार सदाले आफनै घरको ओसारीमा रहेको धारीलो हतियार झिकी छातीमा प्रहार गर्दा लेला भन्ने मोतीराम सदा घाईते भएको भनी खुल्न आएको, निज भुटका भन्ने श्याम कुमार सदा हतियार सहित फरार रहेकोमा तत्कालै प्रहरी टोली परिचालन गरी फरार भएको भुटका भन्ने श्याम कुमार सदाको खोजतलाश सुरु गरेको खोजतलाश गदैं जाने क्रममा जिल्ला सिरहा औरही गाउँपालिका ३ जमुवा नहरको बाटो हुदै भारत तर्फ भाग्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरी इलाका प्रहरी कार्यालय गोलबजार सिरहामा ल्याई राखेको र मिति २०८२ साउन ११ गते सम्मानित सिरहा जिल्ला अदालतबाट दिन ५ को म्याद लिई अनुसन्धान कार्य भइरहेको जिप्रका सिरहा प्रवक्ता तथा डिएसपी बिरेन्द्र कुमार पासवानले जानकारी दिएका छन् ।

