सिरहाको बरीयारपट्टि बाट १४ लाख रुपैया सहित एकजना पक्राउ ।

१० फाल्गुन लहान ।
जिल्ला सिरहा बरियारपट्टी गाउँपालिका–३ शिवनगरका २१ वर्षीय संजित कुमार यादव स्रोत नखुलेको १४ लाख रुपैयाँसहित पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शुक्रबार दिउँसो नियमित सवारी चेकजाँचका क्रममा बरियारपट्टी हुँदै औरहीतर्फ जाँदै गरेको मोटरसाइकललाई शंका लागेर रोकेर जाँच गर्दा यादवको साथबाट एक हजार दरका १४ सय थान नोट बरामद गरिएको हो।प्रहरीले बरामद रकमको वैध स्रोत खुलाउन नसकेपछि यादवलाई नियन्त्रणमा लिएको जनाएको छ।हाल रकमको स्रोतबारे अनुसन्धान सुरु गरिएको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ।

