सिरहाको लहानबाट ६ ग्राम बढी खैरोहिरोइन सहित एकजना पक्राउ ।


१ बैशाख आइतबार
लहान । जिल्ला सिरहा, लहान नगरपालिका वडा नं. ७ पशुपत्ती आदर्श माध्यमिक बिद्यालय नजिक १ नम्बर रोड सार्वजनिक सडक खण्ड स्थित मिति २०८१ चैत्र ३१ गते अन्दाजी ८:०० बजेको समयमा मधेश प्रदेश ०१-००१ ह १८३२ नम्बरको सि.टी. रिक्सामा लागुऔषध (खैरो हिरोईन) बोकी आईरहेका छ, भन्न गोप्य सूचनाको आधारमा प्रहरी टोलि खटी गई उक्त स्थानमा पुग्दा मधेश प्रदेश ०१-०१ ह १८३२ नम्बरको सि.टी रिक्सा रोकी उक्त सि.टी. रिक्साको चालक जिल्ला सपमरी सुरुङ्गा नगरपालिका वडा नं. वडा नं.०९ बस्ने पुल्कित यादवको छोरा अं बर्ष २९ को अक्षय कुमार यादवलाई कानुन बमोजिम खानतलासी गर्दी निजको शरीरबाट १ वटा कालो रंगको प्लाष्टिकको पोका फेला परेको उक्त प्लाष्टिक खोलि हेर्दा लागुऔषध (खैरो हिरोईन) जस्तो देखिने पदार्थ प्लाष्टिक सहित तौल ६ ग्राम ३० मिलिग्राम रहेको र निजले चलाई ल्याएको मधेश प्रदेश ०१-००१ ह १८३२ नम्बरको सि.टी. रिक्सामा लुकाई छिपाई राखेको डिजिटल तराजु थान-१ फेला परेकोले रीतपूर्वक बरामद गरी निजलाई लागुऔषध सहित पक्राउगरी इलाका प्रहरी कार्यालय लहान सिरहामा ल्याई आज मिति २०८१ चैत्र ३१ गते सम्मानित सिरहा जिल्ला अदालत सिरहाबाट दिन ५ को म्याद थप भई इलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको जिप्रका सिरहाले जनाएको छ।

