सिरहाको लाहानबाट खैरोहिरोइन सहित तिनजना पकाउ ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

९ फाल्गुन लहान।जिल्ला सिराहा लहान नगरपालिका वडा नं. १४ ग्रामिण चोक स्थितमा लागुऔषध कारोबार भई रहेको छ, भनि गोप्य सूचनाको आधारमा मिति २०८२ फाल्गुन ६ गते अं. ३:१ ० बजेको समयमा इलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटीएको प्रहरी टोलीले निम्न स्थान बस्ने निम्न मानिसहरु जिल्ला सिराहा सुखिपुर न.पा. वडा नं.८ बस्ने बर्ष अं.२१ की पिरति कुमारी चौधरी , जिल्ला सप्तरी सुरुडगा न.पा. वडा न.५ कुसहा बस्ने अं. बर्ष २४ को भगवती चौधरी,जिल्ला सप्तरी अग्निसाईर कृष्णसवरन गा.पा. वडा नं. १ मौहली बस्ने अं. बर्ष १९ को शोभित चौधरी हरु समेतको साथबाट दईवटा कालो प्लाष्टिकको पोकाहरु क्रमश तौल गर्दा पहिलो पोका प्लाष्टिक सहित तिन ग्राम   चौबिस मिलि ग्राम, प्लाष्टिक बाहेक ३ ग्राम ,दोस्रो पोका प्लाष्टिक सहित १ ग्राम, प्ला्ष्टिक बाहेक ८० मिली ग्राम  र साथै प्रयोग गरेका प्र.२-०१-००१ प ४४०९ भएको १५० सि.सि.को पल्सर मोटरसाईकल सहित रीतपर्वक बरामद गरी निजहरुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय सिरहामा ल्याई मिति २०८२ फाल्गुन ०८ गते सम्मानित सिरहा जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।


Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनु भएको हुन सक्छ