सिरहाको सुखिपुरमा ७ सय किलो भन्दा बढी लागुऔषध गाजा पक्राउ


जिल्ला सिरहा सुखिपुर नगरपालिका वडा नं.४ पोखरिया स्थितमा मिति २०८ २ साउन ०२ गते अन्दाजी ६ बजेको समयमा सोही ठाउँ बस्ने वर्ष ६० को मेदी यादवका घरमा लागृूऔषध (गॉजा) लुकाई छिपाई राखेको छ भनि गोप्य सुचनाको आधारमा प्रहरी चौकी सिलौर्वापछवारी सिरहा, सशस्त्र प्रहरी वेश क्याम्प सुखिपुर सिरहा र जिल्ला प्रहरी कार्यालय सिरहाबाट संयुक्त रुपमा टोली खटी गई निज मेदी यादवको घर खानतलासी एवं चेकजाँच गर्दा २७ पोका लागुऔषध (गाँजा) नाप तौल गर्दा ७१७.६ किलोग्राम लुकाई छिपाई राखेको र को १३प २१५२ नं.को होण्डा कम्पनीको मोटरसाईकल समेत फेला परेकोले रीतपर्वक बरामद गरी निज मेदी यादव तत्काल फरार रहेकोले निजको खोजतलास तथा थप अनुसन्धान कार्य भइहेको जिप्रका सिरहाले जनाएको छ।

